
काठमाडौं ।
गत फेब्रुअरीमा आगामी आईफोन १५ प्रो केही रफ सीएडी–आधारित रेन्डरहरूमा देखा परेको थियो। त्यसपछि फेरि फोनको ‘हीरो कलर’ डिप रेडको अफवाहरु सार्वजनिक भएका थिए। हाल आईफोन १५ प्रोको उच्च गुणस्तरको रेन्डरहरू उही स्रोतमार्फत देखा परेको बताइएको छ। एप्पलको यस हाई–इण्ड स्मार्टफोन आगामी सेप्टेम्बरमा लन्च गरिने सम्भावना रहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
आईफोन १५ प्रोमा राउन्डर–एज डिजाइनको साथमा टाइटेनियम फ्रेम हुने उल्लेख गरिएको छ।
आईफोन १५ प्रोमा पर्सनल क्यामरा प्रोट्रुसनको आकार एक पटक फेरि बढ्ने र समग्र बम्प पनि बाक्लो हुने बताइएको छ। आईफोन १५ प्रो म्याक्समा सानो क्यामरा प्रोट्रुसनका साथै पेरिस्कोप जुम लेन्स रहने अफवाह रहेको बताइएको छ। विगतका अफवाहहरूका अनुसार, आईफोन १५ प्रोमा रहेका क्यामराहरूमा अल न्यू सेन्सर टेक्नोलोजी फिचर गरिने भएकाले त्यसले धेरै प्रकाश क्याप्चर गर्ने र निश्चित सेटिङहरूमा ओभरएक्सपोजर वा कम अन्डरएक्सपोजर कम गर्ने उल्लेख छ।
सबै आईफोन १५ प्रो मोडलहरूमा यूएसबी–सी पोर्टहरू समावेश गरिने बताइएको छ। यद्यपी एप्पलद्वारा प्रमाणित यूएसबी–सी केबलहरूको फास्ट चार्जिङमा सीमितता हुने उल्लेख गरिएको छ।
भोल्युम र म्यूट बटनहरू वास्तविक नभइकन ह्याप्टिक हुने बताइएको छ। साथै बटन प्रेसको अनुकरण गर्न समर्पित दुई ह्याप्टिक इन्जिनहरू हुनेछ। म्यूट टगल पनि पूर्ववर्तीहरुमा जस्तो स्लाइडिङ स्विच नभएर ह्याप्टिक बटन हुनेछ।
आईफोन १५ प्रोको बेजेलहरूले चारैतिरको मापन मात्र १.५एमएमको हुने बताइएको छ। साथै फोनको पछाडिको ग्लासको फेसनमा जस्तै टाइटेनियम फ्रेममा निर्बाध रूपान्तरण हुँदै स्क्रिन ग्लासमा सब्टल कर्भेचर रहने छ।
पातलो बेजेलहरूले गर्दा आईफोन १५ प्रो आफ्नो पूर्ववर्ती भन्दा अलिकति साँघुरो हुने बताइएको छ। यद्यपी स्क्रिनको आकार भने समान रहने उल्लेख गरिएको छ। नयाँ मोडेलको मापन १४६.४७ x ७०.४६ x ८.२४एमएम रहने बताइएको छ। आईफोन १४ प्रो को मापन भने १४७.४६ x ७१.४५ x ७.८४एमएम रहेको बताइएको छ।
‘हीरो’ डिप रेड रङ्गको साथसाथै, फोन सेतो, स्पेस ब्ल्याक र गोल्ड रङ्गहरुमा उपलब्ध गराइने संभावना रहेको छ।
प्रकाशित: २६ चैत्र २०७९, आईतवार