बिहान उठ्ने बित्तिकै एप्पलका सीईओले गर्ने पहिलो काम यस्तो छ

  • Technology Khabar | २६ चैत्र २०७९, आईतवार
बिहान उठ्ने बित्तिकै एप्पलका सीईओले गर्ने पहिलो काम यस्तो छ

काठमाडौं ।

एप्पलका स्मार्टफोनहरू विश्वभर लोकप्रिय छन्। यो मात्र नभई कम्पनी विश्वकै मूल्यवान टेक कम्पनीको रुपमा चिनिन्छ। यति ठूलो कम्पनीको सीईओको दिन कसरी सुरु हुन्छ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ?

ठूला कम्पनीका सीईओहरूले आफ्नो दिनको सुरुवात कसरत, योग वा जिमबाट गर्ने होला भन्ने तपाईंहरू सबैले सोच्नुहुन्छ होला। तर एप्पलका सीईओ टिम कुकको हकमा त्यस्तो छैन। टिम कुकले आफ्नो दिनको सुरुवात अर्कै तरिकाले गर्छन्।

इन्डिया टुडेको एक रिपोर्ट अनुसार एप्पलका सीईओ टिम कुक हरेक बिहान ५ बजे उठ्छन् र उठेपछि पहिलो काम ग्राहकको प्रतिक्रिया र इमेलहरू पढ्नु हो। अर्थात्, टिम कुकले आफ्नो दिनको सुरुवात एप्पलको उत्पादनमा मानिसहरूले कस्तो प्रतिक्रिया र राय दिइरहेका छन्, त्यसबाट हुन्छ।

तर टिम कुक किन हरेक बिहान तिनीहरूलाई पढ्छन्? उनले यसको जवाफ पनि दिएका छन् र बिहान सबेरै ग्राहकको प्रतिक्रिया पढ्दा आफूलाई प्रेरणा मिल्ने र जनताको प्रतिक्रियाले नयाँ उत्पादनमा अझ राम्रोसँग काम गर्न मद्दत गर्ने बताएका छन्।

एक उदाहरण दिँदै टिम कुकले आफूले एउटा समीक्षा पढिरहेको बताए जसमा एक व्यक्तिले आइफोन १४ को क्र्यास डिटेक्शन फिचरका कारण उनको चालकलाई एपिलेप्टिक फिट भएकोले कठिन समयमा बच्न सफल भएको बताएका थिए।

स्मरणरहोस्, एप्पलले आईफोन १४ मा आपतकालिन स्याटेलाइट कनेक्टिभिटी दिएको छ। यस्तो अवस्थामा यदि कुनै क्षेत्रमा नेटवर्क छैन भने यो सुविधाको सहायताले कसैलाई सम्पर्क गर्न सकिन्छ।

यसका साथै टिम कुकले यो पनि भने, “यदि तपाईं म जस्तै व्यवसायसँग आबद्ध हुनुहुन्छ भने ग्राहकको प्रतिक्रिया पढ्नु धेरै महत्त्वपूर्ण छ किनभने यसले कम्पनी र समाजलाई अगाडि बढाउन मद्दत गर्दछ।”

प्रकाशित: २६ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार