नासाले ३६ हजार किलोमिटर उचाइमा राख्यो प्रदूषण नाप्ने यन्त्र ! प्रत्येक घण्टा डाटा पठाउने

  • Technology Khabar | २६ चैत्र २०७९, आईतवार
नासाले ३६ हजार किलोमिटर उचाइमा राख्यो प्रदूषण नाप्ने यन्त्र ! प्रत्येक घण्टा डाटा पठाउने

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले इलन मस्कको कम्पनी स्पेसएक्ससँगको सहकार्यमा पृथ्वीमा प्रदूषणको स्तर अनुगमन गर्नका लागि एउटा उपकरण अन्तरिक्षमा लन्च गरेको छ। अर्थात् यसमार्फत वायुको गुणस्तर अन्तरिक्षबाटै मापन गर्न सकिन्छ।

मस्कको वायु गुणस्तर मोनिटरलाई ‘टेम्पो'(TEMPO) नाम दिइएको छ। यसलाई ट्रपोस्फेरिक एमिशन मोनिटरिङ अफ पोल्युसन इन्स्ट्रुमेन्ट भनिन्छ। जुन ७ अप्रिलमा अन्तरिक्षमा प्रक्षेपण गरिएको हो।

नासाको टेम्पो इन्स्ट्रुमेन्ट अन्तरिक्षमा छोडिएको पहिलो उपकरण हो, जसले यति उचाइबाट पृथ्वीको प्रदूषण मापन गर्नेछ। एजेन्सीका अनुसार यसले एट्लान्टिकदेखि प्रशान्त महासागर र क्यानडादेखि मेक्सिकोसम्म ४ वर्ग माइलको क्षेत्रमा काम गर्नेछ। एजेन्सीले ट्विटरमा यसबारे जानकारी दिएको छ।

नासाले हरेक घण्टा मोनिटरिङ डाटा पठाउने र दिनभर निगरानी गर्ने बताएको छ। यो यन्त्रले प्रदूषणमा पाइने तीन ओटा मुख्य तत्व पत्ता लगाउनेछ।

यो वाशिङ मेसिन जत्तिकै ठूलो भएको बताइएको छ। हार्वर्ड र स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका वायुमण्डलीय भौतिकशास्त्री क्यारोलिन नोलानले बताएअनुसार मौसम भूउपग्रहहरू भूस्थिर कक्षमा हुनु धेरै सामान्य हो तर हालसम्म वायुको गुणस्तर मापन गर्ने कुनै उपकरण थिएन। अहिलेसम्म पृथ्वीको तल्लो कक्षमा रहेका प्रदुषण निगरानी भूउपग्रहहरूले दिनमा एक पटक मात्रै निश्चित समयमा आफ्नो तथ्यांक बताउन सक्छन्। तर टेम्पोको विशेषता भनेको यसले घण्टामा डाटा दिन सक्छ।

एजेन्सीका अनुसार भूमध्यरेखाबाट पृथ्वीको सतहबाट ३५ हजार ७८६ किलोमिटर माथि रहेको जियोस्टेशनरी अर्बिटमा टेम्पो पृथ्वीको परिक्रमासँगै सर्नेछ। अर्थात् पृथ्वी जुन गतिमा घुमिरहेको छ, टेम्पो पनि त्यही गतिमा परिक्रमामा घुम्नेछ र त्यसरी नै त्यही स्थानमा रहनेछ, ताकि यसले दिनभरि सही डाटा पठाउन सकोस्।

प्रकाशित: २६ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २६ चैत्र २०७९, आईतवार