टेस्लाले सबै अमेरिकी मोडलको मूल्य ५ हजार डलरसम्म घटायो

  • Technology Khabar | २६ चैत्र २०७९, आईतवार
टेस्लाले सबै अमेरिकी मोडलको मूल्य ५ हजार डलरसम्म घटायो

काठमाडौं ।

टेस्लाले फेरी अमेरिकामा आफ्नो लाइनअपको लागि अप्रिल ६ मा अर्को मूल्य कटौती गरेको छ। जनवरी २०२३ मा केही मोडलहरुको मूल्यमा २० प्रतिशतसम्म घटाउनका साथै कम्पनीले पछिल्लो समय पाँच पटकसम्म मूल्य कटौती गरिसकेको छ।

पछिल्लो मूल्य कटौती २ देखि ६ प्रतिशत बिचमा रहेको इलेक्ट्रेकले उल्लेख गरेको छ। बेस भेरियन्ट मोडल एस र मोडल एक्समा ५ हजार अमेरिकी डलरको छुट दिइएको छ।

अटोमेकरले आफ्नो अनलाइन अर्डरिङ पेजमा सिम्पल मोडल वाई नामको नयाँ बेस भेरियन्ट प्रस्तुत गरेको छ। जसको मूल्य ५१ हजार ६३० अमेरिकी डलर तोकिएको छ।

यो टेक्सास निर्मित मोडल वाई हो जसमा ४६८० ब्याट्री सेलद्वारा सञ्चालित डुअल मोडल एडब्ल्यूडी पावरट्रेन रहेको छ। जसको ईपीए अनुमानित रेञ्ज २७९ रेञ्ज छ भने तुलनात्मक मोडल वाई लङको रेञ्ज ३३० माइल छ।

प्रकाशित: २६ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...