सामसङ ग्यालेक्सी ट्याब एस ९ र ट्याब एस ९ अल्ट्रा गीकबेन्चमा देखियो

  • Technology Khabar | २६ चैत्र २०७९, आईतवार
सामसङ ग्यालेक्सी ट्याब एस ९ र ट्याब एस ९ अल्ट्रा गीकबेन्चमा देखियो

काठमाडौं ।

सामसङको ग्यालेक्सी ट्याब एस९ सिरिजमा ट्याब एस९, ट्याब एस९+ र ट्याब एस९ अल्ट्रा गरि कम्तिमा तीनवटा ट्याबहरू आउने अपेक्षा गरिएको छ। साथै भ्यानिला र अल्ट्रा मोडेलहरूको बारेमा थप विवरणहरू गीकबेन्च ६ लिस्टिङमा देखा परेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

ग्यालेक्सी ट्याब एस९(एसएम–एक्स७१६बी) मा ग्यालेक्सी चिपसेटको लागि क्वालकमको स्न्यापड्रागन ८ जेन २का साथै यसको मुख्य कोरटेक्स–एक्स३ कोर ३.३६ गीगाहर्जमा कल्क गरिएको र ८जीबी र्याम ले सुसज्जित छ। यस डिभाइसले एक प्रभावशाली १,९२९ अंकको सिङ्गल–कोर स्कोर र ४,७३५– अंकको मल्टि–कोर स्कोर प्राप्त गरेको उल्लेख गरिएको छ। साथै ट्याब्लेटले वान यूआई ५.१ संग एन्ड्रोइड १३ चलाउने सम्भावना रहेको सूचीले पुष्टि गरेको बताइएको छ।

ग्यालेक्सी ट्याब एस९ अल्ट्रा (एसएम–एक्स९१६बी) ले अझ प्रभावशाली रुपमा २,०५४ अंकको सिंगल–कोर स्कोर र ५,४२६–अंकको मल्टि–कोर स्कोर प्राप्त गरेको उल्लेख गरिएको छ। डिभाइसले ग्यालेक्सी ट्याब एस९को जस्तै ठ्याक्कै उही चिपसेट र र्याम कन्फिगरेसन साझा गर्नूका साथै वान यूआई ५.१ सँग एन्ड्रोइड १३  छ।

आगामी अल्ट्रा मोडलको ट्याब्लेटमा १४.६ इन्चको सुपर एएमओएलईडी डिस्प्ले र ४५वाट चार्जिङको साथ ११,२०० एमएएच ब्याट्रीको साथ पूर्ववर्तीसँग मिल्दोजुल्दो डिजाइन हुने अपेक्षा गरिएको छ। डिभाइसले आईपी६८ पानी र धुलो प्रतिरोध ल्याउने अफवाह पनि रहेको उललेख गरिएको छ।

प्रकाशित: २६ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार