
काठमाडौं ।
नेपाल टेलिकमले मेलम्ची खानेपानी आयोजनाले ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस अगाडिको सडकमा खानेपानी पाइप सम्बन्धि कार्य गर्ने क्रममा अप्टिकल फाइबर तार काटिदिँदा आफ्नो सेवा अबरुद्ध भएको जनाएको छ।
टेलिकमकाअनुसार खानेपानी आयोजनाले सो स्थानमा गत राति त्यहाँ बिछ्याइएका नेपाल टेलिकमका भूमिगत अप्टिकल फाइबर केबलमा क्षति पुगी गोंगबु, छाउनी, सुन्धारा र पाटनका ट्रंक लिंक (Trunk Link) विच्छेद भई केही समयका लागि कम्पनीका सेवाहरुमा समस्या देखिएको जनाएको छ।
समस्या आउनासाथ तत्काल वैकल्पिक नेटवर्कको प्रयोग गरी सेवा सुचारु गरिएको जानकारी दिएको छ।
टेलिकमले कम्पनीका सेवाहरुमा समस्या आई सेवाग्राहीहरुले व्यहोर्नुपरेको असुविधा प्रति कम्पनी क्षमा समेत मागेको छ।
प्रकाशित: २५ चैत्र २०७९, शनिबार