तोशिबाको १४४ हर्ज प्यानलसहितको रेग्जा जेड ७५० मिनी एलईडी सिनेमा टिभी लन्च

Technology Khabar २५ चैत्र २०७९, शनिबार

काठमाडौं ।

तोशिबाले भर्खरै चिनियाँ बजारमा नयाँ रेग्जा जेड७५० मिनी एलईडी सिनेमा टिभी लाईन लन्च गरेको छ। रेग्जा जेड७५० को नयाँ घोषणामा कम्पनीको सबैभन्दा नयाँ हाई इन्ड टिभी मोडलहरू रहेको र तीन फरक डिस्प्ले साइजहरू समावेश गरिएको बताइएको छ।

जापानी टेक जायन्टले नयाँ रेग्जा जेड७५० ६५ इन्च, ७५ इन्च र ८५ इन्च साइज गरि तीन विकल्पहरूमा लन्च गरेको आधिकारिक नोटहरू बताएको उल्लेख गरिएको छ। उक्त नयाँ टिभीहरूको हाइलाइट पक्षहरू मध्ये एक भनेको मिनी एलईडी डिस्प्ले टेक्नोलोजी रहेको र यसले क्रमशः चार गुणा चमक र ३८४/५१२/१२९६ ब्याकलाइट विभाजनहरू प्रदान गर्ने उल्लेख गरिएको छ। साथै तोशिबा रेग्जा जेड७५० मिनी एलईडी सिनेमा टिभी मोडेलमा डुअल कोर भिडियो र अडियो चिपमा जेडआर भिजुअल सेन्सर चिप र बीआर अडिटेरी सेन्सर चिप डब गरिएको बताइएको छ।

यस हार्डवेयरमा मूलतया सुपर शार्प रिजोल्युसन २.०, नयाँ साउन्ड टेक, रुम इन्भयरमेन्ट अडियो डिटेक्सन (कोठाको वातावरण अडियो पत्ता लगाउने) र डल्बी एटमस र डल्बी भिजन स्पिकरहरू समावेश गरिएको छ। ८५ इन्च मोडलमा ८ युनिटस् छन् भने अन्य दुई मोडलमा ७५ इन्च रहेको उल्लेख गरिएको छ। साथै नयाँ टिभीले स्मार्टफोन स्क्रिन पोजेक्सन पनि समर्थन गर्ने बताइएको छ। त्यसैगरीे यसमा प्रो गेम इन्जिन २.० प्रविधि पनि समावेश गरिएको र त्यसलाई १४४ हर्ट्ज उच्च रिफ्रेस रेटसँग जोडिएको  छ।

नयाँ टिभीहरूमा १.३ गीगाहर्जको क्वाड कोर ए७३ प्रोसेसर पनि रहेको र एन्ड्रोइड ११ रन गर्ने उल्लेख गरिएको छ। साथै नयाँ टिभीहरूमा ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज पनि फचर गरिएको  छ। यसमा दुईओटा एचडीएमआई २.१ पोर्टहरू जडान विकल्पहरूको रुपमा समावेश गरिएको उक्त पोर्टहरुले फोर–के(४के) रिजोल्युसनमा १४४हर्ज सम्म समर्थन गर्नेछ। नयाँ तोशिबा रेग्जा जेड७५० मिनी एलईडी सिनेमा टिभी को ६५ इन्च मोडलको मूल्य चिनियाँ बजारमा ८,९९९ युआन (लगभग १,३१० अमेरिकी डलर) बाट सुरु हुन्छ। ७५ इन्च साइज संस्करणको मूल्य ११,९९९ युआन (लगभग १,७४७ अमेरिकी डलर) र ८५ इन्च मोडेलको मूल्य ट्याग १७,९९९ युआन (लगभग २,६२० अमेरिकी डलर) रहेको गीज्मोचाइनाले लेखेको छ।

प्रकाशित: २५ चैत्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया