सामसङ डिस्प्लेले दक्षिण कोरियामा ओएलईडी उत्पादनमा थप ३.१ अर्ब डलर लगानी गर्ने

  • Technology Khabar | २४ चैत्र २०७९, शुक्रबार
सामसङ डिस्प्लेले दक्षिण कोरियामा ओएलईडी उत्पादनमा थप ३.१ अर्ब डलर लगानी गर्ने

काठमाडौं ।

सामसङ डिस्प्लेले दक्षिण कोरियामा ओएलईडी उत्पादनमा ३.१ बिलियन डलर लगानी गर्ने भएको छ।

सामसङ इलेक्ट्रोनिक्सको इकाई सामसङ डिस्प्लेले ट्याब्लेट र कम्प्युटरमा प्रयोग हुने उन्नत अर्गानिक लाइट-इमिटिङ डायोड (ओएलईडी) डिस्प्ले प्यानल बनाउन सन् २०२६ सम्म दक्षिण कोरियामा ४.१ ट्रिलियन वोन (३.१४ अर्ब डलर) लगानी गर्ने योजना बनाएको व्यापार मन्त्रालयले मंगलबार भन्यो।

यो लगानी सामसङ इलेक्ट्रोनिक्स र सम्बद्ध कम्पनीहरूले राजधानी सियोल बाहिरका क्षेत्रहरूमा आगामी १० वर्षमा ६०.१ ट्रिलियन वोन लगानी गर्ने यसअघि घोषणा गरेको योजनाको हिस्सा हो।

सामसङले आफ्ना ओएलईडी डिस्प्लेहरु एप्पलको आईफोनका लागि समेत उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार