
काठमाडौं ।
टीभीएस मोटर कम्पनीको एकमात्र इलेक्ट्रिक स्कुटर आईक्यूबले भारतीय बजारमा राम्रे प्रदर्शन गरिरहेको छ। भारतीय उपभोक्ताको मन जित्न सफल आईक्यूबले कुल १ लाख यूनिट बिक्री गर्न सफल भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। टीभीएस आईक्यूब हालसम्म १ लाख ८ हजार ५५५ यूनिट बिक्री भइसकेको छ।
टीभीएस आईक्यूबको बिक्री पछिल्लो दुई महिनामा धेरै राम्रो भएको यो माइलस्टोन हासिल गर्न सफल भएको हो। मार्च स्कुटर १५ हजार ३६४ यूनिट बिक्री भएको थियो भने फेब्रुअरीमा १५ हजार ५२२ यूनिट बिक्री भएको थियो।
टीभीएस आईक्यूब इलेक्ट्रिक स्कुटर बजारमा जनवरी २०२२ मा ल्याएको थियो। आर्थिक वर्ष २०२३ आईक्यूबको राम्रो बिक्री भएको छ। उक्त अवधिमा आईक्यूबको ९६ हजार ६५४ यूनिट बिक्री भएको छ। भारतीय बाजार यसको कुल बिक्रीको ८९% हो।
पछिल्लो १२ महीनोमा टीभीएस आईक्यूबको माग तीब्र भइरहेको र सोही कारण आर्थिक वर्ष २०२३ को पहिलो तीन त्रैमासिकमा बिक्री दुई गुणा भएको थियो। अप्रैल–जून २०२२ के ८ हजार ७२४ यूनिटको तुलनामा जुलाई–सेक्टेम्बरमा १५ हजार ६४५ यूनिट बिक्री भएको छ।
त्यसपछि अक्टोरब–डिसेम्बर २०२२ मा बिक्री बढेर २९ हजार २३० यूनिट पुगेको थियो भने अन्तिम त्रैमासिकमा ४३ हजार ५५ यूनिट भएको थियो।
टीभीएस आईक्यूब तीन भेरियन्ट – स्टैण्डर्ड, एस तथा एसटीमा उपलब्ध छ। यसको मूल्य क्रमशः ९८ हजार ५६४ भारु, १ लाख ८ हजार ६९० रुपैयाँ तोकिएको छ। यसको टप भेरियन्ट एसटी भर्खर सार्वजनिक गरिएको हो र कम्पनीले यसको मूल्य खुलाएको छैन।
टीभीएस आईक्यूब स्कूटरमा ४.४ किलोवाटको मोटर दिइएको छ। जसले १४० न्यूटन मिटर टर्क उत्पन्न गर्छ यो स्कुटर ० देखि ४० किमी/घन्टाको गति ४.२ सेकेन्डमा लिन सक्ने कम्पनीको दाबी छ।
इलेक्ट्रिक स्कुटरमा ७ इन्चको टीएफटी डिस्प्ले, एचएमआई कन्ट्रोल र रिभर्स पार्किङ लगायत फिचर छ।
प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार