सोनीले प्लेस्टेसन क्वू लाईट ह्याण्डहेल्ड कन्सोलको निर्माण गर्दै

  • Technology Khabar | २४ चैत्र २०७९, शुक्रबार
सोनीले प्लेस्टेसन क्वू लाईट ह्याण्डहेल्ड कन्सोलको निर्माण गर्दै

काठमाडौं ।

सोनीले कथित रूपमा क्वू लाइट भनिने नयाँ ह्यान्डहेल्ड गेमिङ कन्सोलमा काम गरिरहेको इनसाइडर गेमिङले हालैका रिपोर्टहरूमा उल्लेख गरेको छ। उक्त नयाँ डिभाइस प्लेस्टेशन परिवारमा अर्को थप हुने र यसको कार्यक्षमताको लागि प्लेस्टेशन ५ मा निर्भर हुने बताइएको छ।

प्लेस्टेशन ५ बाट ह्यान्डहेल्ड डिभाइसमा खेलहरू स्ट्रिम गर्नको लागि क्वू लाईटले सोनीले हालै प्रचार गरिरहेको रिमोट प्ले फिचर प्रयोग गर्ने अपेक्षा गरिएको छ। १०८०पी र ६० फ्रेम प्रति सेकेन्ड सम्म स्ट्रिम गर्ने क्षमता भएको यस डिभाइसले एक प्रभावशाली गेमिङ अनुभव प्रदान गर्ने बताइएको छ। साथै डिभाइसले काम गर्नको लागि निरन्तर इन्टरनेट कनेक्सन चाहिने छ।

प्लेस्टेशन ५को डिजाइनसँग मिल्दोजुल्दो देखिने भए तापनि क्वू लाईटको बीचमा ८–इन्चको एलसीडी टचस्क्रिनको रहेको बताइएको छ। साथै डिभाइसमा अनुकूली ट्रिगरहरू र अन्य मानक ह्यान्डहेल्ड गेमिङ फिचर्सहरु पनि समेटिएको छ।

क्वू लाईट कथित रूपमा अहिले क्वूए चरणमा रहेको र डिट्याचेबल डिस्क ड्राइभ पीएस५ भन्दा पछि तर पीएस५ प्रो भन्दा पहिले लन्च हुने अपेक्षा गरिएको छ। सोनीले गत वर्ष नै पातलो (थिनर) डिजाइन र सुधारिएको (कम्फर्ट) आरामको साथ प्लेस्टेशन भीआर२ अनावरण गरिसकेको बताइएको छ। साथै कम्पनीले पीएस५ को दोस्रो चरणको लागि तयारी गरिरहेको र त्यसमा नयाँ हार्डवेयरहरु समावेश हुनेछ।

नयाँ हार्डवेयर उत्पादनहरू जस्तै वायरलेस इयरफोन र हेडसेटहरू र उच्च प्रतिक्षित् क्वू लाइट ह्यान्डहेल्ड डिभाइसका साथै सोनीको आगामी गेम लाइनअप यस दोस्रो चरणको मुख्य भाग हुने उद्योग भित्रका जेफ ग्रबले बताएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

त्यसैगरी पीएस५ प्रो भने २०२४ को छुट्टीको सिजनमा रिलीज हुने अपेक्षा गरिएको छ। यसले गर्दा गेमरहरूलाई हालको पीएस५ र यस बीचमा रिलीज हुने कुनै पनि नयाँ हार्डवेयरको आनन्द लिनको लागि प्रशस्त समय प्राप्त हुने बताइएको छ।

प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...