राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको लागि आवेदन माग

  • Technology Khabar | २३ चैत्र २०७९, बिहीबार
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको लागि आवेदन माग
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान गरेकाहरुलाई सम्मान गर्न  राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा प्रदान गर्दै आएको वार्षिक पुरस्कारको लागि आवेदन  माग गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार आवेदनसम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो।

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि नेपाल सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आइरहेको छ।

उक्त दिवसको उपलक्ष्यमा नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुयाउने व्यक्ति तथा संघसंस्थाहरूमध्येबाट सर्वोत्कृष्टलाई मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२३ प्रदान गर्ने भएको हो।

यसको लागि इच्छुक सार्वजनिक संस्था/कार्यालय/कम्पनी तथा व्यक्तिहरूलाई आवेदन पेश अनुरोध गरिएको छ।

मन्त्रालयले यस पटक ५ किसिमका पुरस्कारहरु प्रदान गर्ने भएको छ। जसमा नेशनल आईसीटी एक्सिलेन्स अवार्ड, नेशनल आईसीटी एक्सिलेन्स अवार्ड महिलातर्फ, नेशनल आईसीटी इन्नोभेसन अवार्ड, नेशनल आईसीटी अवार्ड पब्लिक सेक्टर तथा नेशनल आईसीटी अवार्ड प्राइभेट सेक्टरमा पुरस्कार दिने भएको हो।

आवेदकले आवेदन फाराम भरी २०८० साल वैशाख ७ गतेसम्ममा इमेलमार्फत वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराइसक्नु पर्नेछ।

प्रकाशित: २३ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार