ओला स्कुटरमा म्यूजिकको धुन अनुसार लाइट बल्ने

  • Technology Khabar | २३ चैत्र २०७९, बिहीबार
ओला स्कुटरमा म्यूजिकको धुन अनुसार लाइट बल्ने

काठमाडौं ।

ओला इलेक्ट्रिकको इलेक्ट्रिक स्कुटर फिचरमा प्रतिस्पर्धी स्कुटर कम्पनी भन्दा अघि छ। यस्तोमा कम्पनीले आफ्नो इलेक्ट्रिक स्कुटर नयाँ फिचर पार्टी मोड दिएको छ।

कम्पनीका सीईओ भाविष अग्रवालले सोशल मिडियामा एक भिडियो सेयर गरेका छन् जसं स्कुटरमा बजेको म्यूजिक अनुसार लाइट बल्छ। सेयर गरिएको भिडियोमा म्यूजिकको आधारमा स्कुटरको लाइटले डान्स गरेको जस्तो देखिन्छ।

यसबाट कुनै कन्सर्टमा गएको जस्तो अनुभव प्राप्त हुने ड्राइभस्पार्कले उल्लेख गरेको छ। र यसलाई कम्पनीले कन्सर्ट मोड नाम दिएको छ। यस पोस्टलाई सेयर गर्दै भाविष अग्रवालले लेखेका छन्, ‘पार्टी मोड पछि अब कन्सर्ट मोड, छिट्टै आउँदै छ।’

ओला इलेक्ट्रिक यसलाई मूभओएस ४ अपडेटका साथ ल्याउने योजनामा छ। तर कम्पनीले मूभओएस ४ अपडेट कहिले ल्याउने भनेर घोषणा गरेको छैन। यस अघि कम्पनीले गत वर्षको अक्टोबरमा पार्टी मोड ल्याएको थियो। जसमा जसमा म्यूजिक अनुसार लाइट बल्ने र निभ्ने हुन्थ्यो।

नयाँ अपडेटमा कम्पनी आफ्नो नेविगेशन सिस्टम पनि ल्याउन सक्छ। जसलाई भर्खरै टेस्ट गरिएको देखिएको थियो। नयाँ भिडियोमा ओला इलेक्ट्रिक स्कूटर माथि एडीएएस टेस्टिङ गरिएको जस्तो पनि देखिन्छ। एडीएएस भनेको एडवान्स ड्राईभर असिस्टेन्स सिस्टम सेफ्टी फीचर्सको एक समूह हो।

एडीएएसबाट एडाप्टिभ क्रूज कन्ट्रोल, कोलिजन एभोइडेन्स, पेडेस्ट्रियन डिटेक्शन लगायत फिचर्स प्राप्त हुन्छ। यो फिचर प्रिमियम कारहरुमा उपलब्ध छ।

प्रकाशित: २३ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार