
काठमाडौं ।
एप्पलले भारतमा आफ्नो पहिलो आधिकारिक भौतिक रिटेल स्टोर सञ्चालन गर्ने योजना अघि बढाएको छ।
कम्पनीले बुधबार वेबसाइटमार्फत मुम्बईमा नयाँ स्टोरको ब्यारिकेडको तस्विर सार्वजनिक गर्दै भारतमा पहिलो भौतिक स्टोर सञ्चालन गर्नेबारे जानकारी गराएको हो। यो स्टोर जियो वर्ल्ड डिभाइन मल मुम्बाइमा हुने गिज्मोचाइनाले उल्लेख गरेको छ।
एप्पल इन्डिया वेबसाइटले रिटेल स्टोर सञ्चालनबारे जानकारी दिँदै लेखेको छ, ‘हेल्लो मुम्बई। हामी भारतमा हाम्रो पहिलो स्टोरमा तपाईलाई स्वागत गर्न तयार छौं। र एप्पल बीकेसीमा तपाइँको रचनात्मकताले तपाइँलाई कहाँ लैजान्छ भनेर हेर्नको लागि तयार छौं।
भारतको पहिलो एप्लल स्टोर जियो वर्ल्ड ड्राइभ मलको कुल २२ हजार वर्ष फिट क्षेत्रमा सञ्चालन हुनेछ। आईफोन निर्माताले जनवरी २०२३ मा भारतमा यस रिटेल स्टोरको लागि धेरै पदहरूमा कर्मचारी भर्ती गर्न थालिसकेको थियो।
कम्पनलिे नयाँ दिल्लीको सिलेक्ट सिटीवाक मलमा १० हजारदेखि १२ हजार स्क्वार फिटमा दोस्रो स्टोर खोल्ने योजना बनाएको छ। अघिल्लो रिपोर्टका अनुसार, यस क्षेत्रमा पहिलो दुई एप्पल रिटेल स्टोरहरू अप्रिल र जुन २०२३ बीचमा शुरू हुने अपेक्षा गरिएको छ।
पछिल्लो समय एप्पलले उत्पादनको काम चीनसँगै भारतलगायत राष्ट्रहरूबाट गर्दैछ।
हाल संसारको विभिन्न देशमा पाँच सय भन्दा बढी एप्पल स्टोर छन्।
प्रकाशित: २३ चैत्र २०७९, बिहीबार