एनआईसी एशिया क्यापिटलको मोबाइल एप सार्वजनिक

  • Technology Khabar | २२ चैत्र २०७९, बुधबार
एनआईसी एशिया क्यापिटलको मोबाइल एप सार्वजनिक

काठमाडौं ।

एनआईसी एशिया क्यापिटल लिमिटेडले “अब लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा” भन्ने मुल नाराका साथ आफ्नो ग्राहकहरुलाई प्रविधिको प्रयोग मार्फत क्यापिटलमा उपस्थित नभई मोबाइलबाटै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ थप सेवा सुविधा सहित “मोबाइल एप” संचालनमा ल्याएको छ।

क्यापिटलबाट प्रदान गरिने सेवाहरु तथा क्यापिटलसँग आवद्ध भएका ग्राहकहरुले मोबाइल एपबाटै सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्नेछन् । उक्त मोबाइल एपबाट सिस्टम इन्भेष्टमेन्ट प्लान (एसआईपी) मा लगानी गर्न, अनलाइन डिम्याट एकाउन्ट खोल्न, मेरो सेयर दर्ता गर्न तथा पोर्टफोलियो म्यानेजमेन्टमा सहभागि हुन मिल्ने लगायतका अन्य सेवा तथा जानकारी प्राप्त गर्न सकिने जनाएको छ।

आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाईजड रुपमा मोबाइल एपबाटै सम्पूर्ण सेवा उपलब्ध गराउने लक्ष्य लिइएको व्यहोरा समेत सहर्ष जानकारी गराएको छ।

प्रकाशित: २२ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार