
काठमाडौं ।
सामसङले भर्खरै ग्यालेक्सी ए५४ र ग्यालेक्सी ए३४ मिड–रेन्ज स्मार्टफोनहरूलाई आधिकारिक रुपमा सर्वाजनिक गरेको छ। विस्तार हुँदै गइरहेको ग्यालेक्सी एह४ परिवारबाट कोरियाली कम्पनीले चाँडै नै ग्यालेक्सी ए२४ पनि लन्च गर्ने तयारी गरिरहेको छ। जीएसएमएरिनामा उल्लेख गरिएको छ।
विकास क्रममा रहेको यस फोनको मोडनम्बर एसएम–ए२४५एफ÷डीएस रहेको उल्लेख गरिएको छ। साथै उक्त सूचीले यस डिभाइसको लन्च नजिकै रहेको भनेर संकेत गरेको बताइएको छ।
ग्यालेक्सी ए२४मा मिडियाटेक हेलियो जी९९ एसओसी वा स्न्यापड्रागन ६८०समावेश गरिने अफवाह रहेको उल्लेख गरिएको छ। यस डिभाइसमा वाटरड्रप नच सहितको ६.४ इन्चको एफएचडी प्लस ९० हर्ज सुपर एमोलेड स्क्रिन रहने सम्भावना रहेको बताइएको छ। साथै ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो शूटर, १३ मेगापिक्सेलको सेल्फी स्न्यापर र २५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएच ब्याट्री समावेश गरिने अपेक्षा गरिएको छ।
यसअघि ग्यालेक्सी ए२४ लाई बीआईएस द्वारा प्रमाणित गरिएको र भारतमा लन्च हुने कुरा पुष्टि गरेको थियो। साथै ग्यालेक्सी ए२४ सामसङ इन्डियाको वेबसाइटमा पनि सूचीकरण भएको बताइएको छ।
प्रकाशित: २२ चैत्र २०७९, बुधबार