काठमाडौं महानगरका ३० वटै वडामा ई-सिफारिस सेवा शुरू

  • Technology Khabar | २० चैत्र २०७९, सोमबार
काठमाडौं महानगरका ३० वटै वडामा ई-सिफारिस सेवा शुरू

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले ३० ओटा वडामा ई-सिफारिस सुरू गरेको छ।

आइतबार महानगरपालिकाले एकीकृत विद्युतीय सेवा प्रणाली अन्तर्गतको ई-सिफारिस ३० ओटा वडामा सुरू गरेको हो।

वडा नम्बर १३ र ३२ मा पनि ई-सिफारिस प्रणाली सुरू भएपछि सबै वडाका शिफारिस विद्युतीय प्रणलीमा आवद्ध हुने महानगरपालिकाका सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।

सूचना प्रविधि विभागका प्रमुख ढकालकाअनुसार प्रणालीमा ई-सिफारिस, दर्ता चलानी लगायत सेवा छन्।

‘सेवाग्राहीले प्रणाली चलाउन थालेपछि नतिजा आउने हो,’ उनले भने, ‘यसैले अबको आवश्यकता भनेको लाभग्राहीलाई प्रणालीमा अभ्यस्त गराउनु हो।’

प्रणालीमा पुग्न सेवाग्राहीले काठमाडौं महानगरपालिकाको लोगो भएको केएमसी मोबाइल एप डाउनलोड गरेर सञ्चालन गर्न सक्ने छन्।

यस्तै मोबाइल एपबाट प्राप्त विवरणका आधारमा विवरण रूजु गर्ने, राजस्व तथा शुल्क भुक्तानी गर्ने र सबै प्रक्रिया पूरा भएपछि डिजिटल सिग्नेचरसहितको डकुमेन्ट सेवाग्राहीलाई प्राप्त हुने महानगरले जनाएको छ।

प्रकाशित: २० चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार