काठमाडौं ।
चीनका विदेशमन्त्री किन गङले आइतबार आफ्ना जापानी समकक्षीसँग टोकियोले सेमीकन्डक्टर उपकरणको निर्यातलाई गरेको नियन्त्रणले बेइजिङको ‘आत्मनिर्भर बन्ने’ चाहनालाई थप गति दिने बताएका छन्।
सन् २०१९ को डिसेम्बरमा जापानी विदेशमन्त्रीका रूपमा भएको चीन भ्रमणपछि बेइजिङ भ्रमण गर्ने योशिमासा हायाशी पहिलो जापानी उच्च अधिकारी हुन्। जापानले सेमीकन्डक्टर बनाउन प्रयोग हुने २३ ओटा वस्तुको निर्यात नियन्त्रण गर्ने योजना सार्वजनिक गरेको केही दिनपछि नै मन्त्रीहरूको बेइजिङ बैठक हुन लागेको हो।
“संयुक्त राज्य अमेरिकाले जापानी सेमीकन्डक्टर उद्योगलाई दबाव दिने रणनीति प्रयोग गर्यो, र अब उसले चीनविरुद्ध आफ्नो पुरानो चाल दोहोर्याइरहेको छ,” किनले आफ्ना समकक्षीसँग भने। उनले जापानलाई वासिङ्टनको ’मिनिअन’ भएको आरोप पनि लगाए। उनले भने, “यो नाकाबन्दीले चीनको आत्मनिर्भर बन्ने अठोटलाई थप बल दिनेछ।”
नेदरल्यान्ड्सले गत महिना ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय सुरक्षा’को हवाला दिँदै जापानमाथि पनि यस्तै प्रतिबन्ध लगाएको थियो । पत्रकारहरूसँगको कुराकानीमा हयाशीले आइतबार नयाँ प्रतिबन्धहरू ‘अन्तर्राष्ट्रिय नियमहरू अनुरूप’ भएको र यो ‘कुनै विशेष देशलाई लक्षित नगरिएको’ बताए।
विश्वकै दोस्रो र तेस्रो ठूलो अर्थतन्त्र भएका चीन र जापानबीचको तिक्ततापूर्ण सम्बन्धमा सेमीकन्डक्टर एक प्रमुख बिषय बनेको छ।
प्रकाशित: २० चैत्र २०७९, सोमबार