सब्सक्रिप्सन शुल्क नतिर्नेको ब्लू टिक खारेज गर्दै ट्विटर, न्यूयोर्क टाइम्सको गोल्ड टिक उड्यो

  • Technology Khabar | २० चैत्र २०७९, सोमबार
सब्सक्रिप्सन शुल्क नतिर्नेको ब्लू टिक खारेज गर्दै ट्विटर, न्यूयोर्क टाइम्सको गोल्ड टिक उड्यो

काठमाडौं ।

न्यूयोर्क टाइम्सले आफ्नो ट्विटर अकाउन्टबाट गोल्ड टिक गुमाएको छ। न्यूयोर्क टाइम्सले ट्विटर भेरिफिकेसनका लागि भुक्तानी नगर्ने बताएका छ।

ट्विटरले अप्रिल १ देखि सःशुल्क सब्सक्रिप्सनको हिस्सा नभएका तर पहिला ब्लू टिक भएका अकाउन्टहरुको भेरिफिकेसन ब्याज हटाउने घोषणा गरेको छ।

न्यूयोर्क टाइम्स सहित अन्य संस्थाहरु र सेलिब्रेटीहरुले ब्लू टिकका लागि भुक्तानी नगर्ने बताएका छन्।

यसबाट इलन मस्कलाई अबरबारमा अपमानको भोली शुरु गर्न प्रेरित गरेको बीबीसीले उल्लेख गरेको छ।

‘@NYTimesको वास्तविक त्रासदी यो हो कि तिनीहरुको प्रचार पनि चाखलाग्दौ छैन,’ ट्टिवरको मालिक मस्कले प्लटमर्फमा लेख।

‘साथै, तिनीहरूको फिड ट्विटर पखालाको बराबर हो। यो पढ्न नसकिने छ,’ उनले थपे।

ट्विटरबाट कुनै आधिकारिक टिप्पणी आएको छैन र न्यू योर्क टाइम्सले मस्कको टिप्पणीलाई प्रतिक्रिया दिएको छैन।

ट्विटरको नयाँ नियम अन्तर्गतअफिसल भेरिफाइड अकाउन्टमा देखिने ब्लू टिकहरू, भुक्तानी नगर्ने अकाउन्टबाट हटाउन शुरु गरिनेछ।

संस्थाहरुले एक पटक १ हजार अमेरिकी डलर शुल्क भुक्तानी गरेपछि गोल्ड भेरिफिकेसन टिक प्राप्त गर्नेछन् भने व्यक्तिगत अकाउन्टहरुले ब्लू टिकका लागि मासिक ८ अमेरिकी डलर भुक्तानी गर्नुपर्छ।

सब्सक्रिप्सन सर्भिसबाट ट्विटरले राजस्व उत्पन्न गर्नेछ, यद्यपि चिन्ताहरू उठाइएका छन् कि भेरिफिकेसन प्रक्रिया बिना, नक्कल गर्नेहरूबाट वास्तविक अकाउन्टहरु छुट्टाउन गाह्रो हुनेछ।

सब्सक्रिप्सन शुल्क नतिर्नुका साथै, न्यूयोर्क टाइम्सले आफ्ना पत्रकारहरूको ट्विटर अकाउन्टको भेरिफिकेसनका लागि पनि भुक्तान गर्दैन, रिपोर्टिङ उद्देश्यका लागि यो स्थिति आवश्यक हुने दुर्लभ घटनाहरूमा बाहेक,’ एक प्रवक्ताले भने।

५५ मिलियन ट्विटर फलोअर्स भएको अखबारले आफ्नो भेरिफिकेसन ब्याज गुमाएको छ।

तर यो अस्पष्ट छ कि भेरिफाइड रहनको लागि सबै संस्थाहरूले सब्सक्रिप्सन सर्भिसमा साइन अप गर्नुपर्छ।

ट्विटरमा सबैभन्दा धेरै पछ्याउने संस्थाहरू मध्ये १० हजारलाई नियमहरूबाट छुट दिइनेछ, न्यू योर्क टाइम्सले आन्तरिक ट्विटर कागजातलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

डिसेम्बरदेखि, ट्विटरले तीन फरक रंगको भेरिफिकेन ब्याजहरू प्रस्तुत गरेको छः गोल्ड टिक व्यापार संगठनहरूका लागि प्रयोग गरिन्छ, ग्रे टिक सरकारी–सम्बद्ध अकाउन्टवा बहुपक्षीय संस्थाहरूको लागि हो, र ब्लू टिक व्यक्तिगत अकाउन्टको लागि प्रयोग गरिन्छ।

सीएनएन, लस एन्जलस टाइम्स र वाशिंगटन पोस्ट लगायत धेरै समाचार संस्थाहरूले ट्विटर भेरिफिकेसनका लागि भुक्तानी नगर्ने बताएका छन्। उनीहरुसँग गोल्ड टिक छ।

न्यूयोर्क टाइम्स आर्ट्स र न्यूयोर्क टाइम्स ट्राभल लगायत अन्य न्यूयोर्क टाइम्स अकाउन्टमा पनि गोल्ड ब्याज छ।

ब्लू टिक हटाउने क्रम विस्तारै भइरहेको छ। यो हुन सक्छ किनभने यो धेरै हदसम्म म्यानुअल प्रक्रिया हो, वाशिंगटन पोस्टका अनुसार, कम्पनीका पूर्व कर्मचारीहरूलाई उद्धृत गर्दै उल्लेख गरिएको छ।

अमेरिकी बास्केटबल लेब्रोन जेम्स लगायत सेलिब्रेटीहरू, जसले ट्विटर भेरिफिकेसनका लागि भुक्तान नगर्ने बताएका थिए, अझै पनि ब्लू टिक छ। अमेरिकी र्यापर आइस–टीको हकमा पनि त्यस्तै छ, जसले नयाँ शुल्क तिर्ने सिस्टमको पनि आलोचना गरेका छन्।

प्रकाशित: २० चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार