फेसबुक ह्याक गरी युवतीको अश्लिल फोटो, भिडियो राख्ने पक्राउ

  • Technology Khabar | २० चैत्र २०७९, सोमबार
फेसबुक ह्याक गरी युवतीको अश्लिल फोटो, भिडियो राख्ने पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडियो राखेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मोरङ धनपालथान गाउँपालिका–४ कर्सिया बस्ने २२ वर्षीय दिपेश लोहनीलाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

अध्ययन गर्न विदेश गएकी महिलालाई दैनिक फोन–मेसेज गरी हैरानी दिएको र फेसबुक आइडी समेत ह्याक गरेको आरोप उनीमाथि छ।

आइडी ह्याक गरी अश्लिल फोटो तथा भिडिओ पोष्ट गर्ने, फेसबुकका साथीहरूलाई पठाएर लाइभबाट आत्महत्या गर्ने भन्ने, फसाउने उद्देश्यले पीडित चरित्रहत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको जनाएको छ।

प्रकाशित: २० चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...