
काठमाडौं ।
चिनियाँ स्मार्टफोन निर्माता कम्पनी टेक्नोले भारतमा अप्रिल ११ मा ‘फ्यान्टम भी फोल्ड ५जी’ लन्च गर्ने भएको छ। कम्पनीले यो फोल्डेबल स्मार्टफोन भारतमा ‘मेड इन इन्डिया’ अन्तर्गत उत्पादन गरिरहेको बताएको छ। गत महिनाको सुरुमा, टेक्नो फ्यान्टम भी फोल्ड (Tecno Phantom V Fold) मोबाइल वर्ल्ड कांग्रेसमा लन्च गरिएको थियो।
टेक्नोले डिजाइन र स्पेसिफिकेशनको विवरणसहित स्मार्टफोनलाई आधिकारिक वेबसाइटमा लिस्ट गरेको छ। यो टेक्नोको पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन हो, जसमा मिडियाटेक डाइमेन्सिटी ९००० प्लस प्रोसेसर ४एनएम फेब्रिकेसनमा कनेक्ट गरिएको छ। यो फाइभजी रेडी चिपसेट हो जसले क्वालकमको प्रिमियम स्न्यापड्रागन ८ प्लस जेन १ चिपसेटसँग प्रतिस्पर्धा गर्दछ।
फ्यान्टम भी फोल्ड भारतीय बजारमा भारु ७७,७७७ को प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ।
यो फोल्ड गर्न मिल्ने स्मार्टफोनले एन्ड्रोइड १३ अपरेटिङ सिस्टम भएको हीओएस (HiOS) फोल्ड संस्करणमा काम गर्छ। यो लन्च भएको भोलिपल्ट अप्रिल १२ बाट प्रारम्भिक बर्ड सेलमा विशेष मुल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यो अफर सीमित स्टकमा मात्र सीमित समयको लागि मान्य हुनेछ। कम्पनीले यो स्मार्टफोन पछि कति मूल्यमा बिक्री गर्ने भन्ने खुलाएको छैन।
फ्यान्टम भी फोल्ड ५जीमा ६.४२ इन्चको कर्भ स्क्रिन छ। ह्यान्डसेटको मुख्य डिस्प्ले ७.८५ इन्च हो भने यो १२० हर्ज रिफ्रेस दर, २के प्लस २,२९६x२,००० पिक्सेल रिजोल्युसनको साथ आउँछ।
प्रकाशित: २० चैत्र २०७९, सोमबार