उबरले आफ्नो ईभी राइडसेयर सेवामा १४ नयाँ शहर थप्ने

  • Technology Khabar | २० चैत्र २०७९, सोमबार
उबरले आफ्नो ईभी राइडसेयर सेवामा १४ नयाँ शहर थप्ने

काठमाडौं ।

उबरले आफ्नो ईभी राइडसेयर सेवामा १४ नयाँ बजार थप्ने घोषणा गरेको छ। यस प्रयोग्राममा उबरले टेस्ला मोडल ३, फोर्ड मस्ताङ म्याच ई र पोलस्टार २ बाट आफ्नो सेवा प्रदान गर्ने अटोब्लगले उल्लेख गरेको छ।

सन् २०३० सम्म ग्यासबाट चल्ने सवारीलाई विस्तापित गर्ने लक्ष्यतर्फ कम्पनीको यो अर्को प्रयास हो।

उबरको कम्फर्ट इलेक्ट्रिक प्रोग्रामले डेट्रोइट, इन्डियानापोलिस, ज्याक्सनभिल, मिनियापोलिस ÷ सेन्ट पल, न्यासभिल, न्यू ओर्लिन्स्, ओर्ल्यान्डो, पाम स्प्रिंग्स, फिनिक्स, पिट्सबर्ग, साल्ट लेक सिटी, टम्पा बे र टोरन्टो रहेको छ। प्रोगामको रोलआउट गत मेमा क्यालिफोर्नियाबाट शुुरु भएको थियोे र २५ सेप्टेम्बरमा अमेरिकी बजारहरूमा विस्तार भएको थियो।

कम्फर्ट इलेक्ट्रिक उबर ग्रिनबाट अलग छ, जसको लागत उबरएक्स जस्तै छ। तर यसमा इलेक्ट्रिकको अतिरिक्त हाइब्रिड गाडीहरू पनि समावेश छन्। कम्पनीले लाइमसँगको साझेदारीमा कारहरू चढ्न नचाहने ग्राहकहरूका लागि ई-बाइक र ई-स्कुटरहरू पनि प्रदान गर्दछ।

उबरले आफ्नो ड्राइभरहरुलाई ईभीमा परिवर्तन गर्न मद्दत गर्न ८०० मिलियन अमेरिकी डलर खर्च गर्ने बताएको छ। कम्पनीले शून्य उत्सर्जन प्रोत्साहन प्रस्ताव गर्दै ईभी आपूर्ती गर्न मद्दत गर्न हर्ट्जसँग साझेदारी गरेको छ। ईभी ड्राइभरलाई प्रत्येक यात्रामा (४ हजार अमेरिकी डलर प्रति वर्षसम्म) कमाउने अनुमति दिन्छ।

प्रकाशित: २० चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...