
काठमाडौं ।
नेपाली टेलिकमको तार चोरी भएपछि काठमाडौंका केही स्थानहरूमा टेलिफोन र इन्टरनेट सेवा एडीएसल प्रभावित भएको छ।
टेलिकमको प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेश अन्तर्गतको दूरसञ्चार कार्यालयस्थीत इन्द्रायणीमा क्याबिनेट नम्बर ०१३ को केबुल चोरी हुँदा काठमाडौंको विभिन्न स्थानमा इन्टरनेट र टेलिफोन फोन सेवा अवरुद्ध भएको जानकारी दिएको छ।
कम्पनीका अनुसार गागलफेदी, खत्री पाखा, अधिकारी गाउँ र साना गाउँमा टेलिकमको टेलिफोन र इन्टरनेट सेवा प्रभावित भएको हो। कम्पनीले जति सक्दो छिटो समस्या समाधान गर्ने जनाएको छ।
प्रकाशित: १९ चैत्र २०७९, आईतवार