एइटो ईभी उत्पादन गर्न ह्वावे धेरै सवारी निर्मातासँग सहकार्य गर्दै

  • Technology Khabar | १९ चैत्र २०७९, आईतवार
एइटो ईभी उत्पादन गर्न ह्वावे धेरै सवारी निर्मातासँग सहकार्य गर्दै

काठमाडौं ।

ह्वावे टेक्नोलोजीले एइटो ब्रान्डेड इलेक्ट्रिक कार उत्पादन गर्न थप लिगेसी अटोमेकरहरुसँग साझेदारी गरिरहेको छ। कम्पनीका वरिष्ठ कार्यकारीले शनिबार अटो उद्योगमा आफ्नो उपस्थिति विस्तार गर्न लिगेसी अटोमेकरहरुसँग साझेदारी गरिरहेको बताए।

ह्वावेले चेरी अटोमोबाइल, बीएआईसी मोटर र अनहुई जियानघुई अटोमोबाइल ग्रुपका साथ संयुक्त रुपमा एइटोे ब्रान्डेड सवारी वकास र निर्माण गर्नेछ, ह्वावेको स्मार्ट कारका सीईओ रिचर्ड यूले बेइजिङमा भएको चाइना ईभी १०० फोरममा भनेको रोयटर्सले उल्लेख गरेको छ।

ह्वावेले जसले पहिले नै सेरेस समूहसँग एटो कारहरू बनाउन साझेदारी गरिसकेको छ, एइटो ब्रान्ड अन्तर्गत एसयूभी, सेडान र बहुउद्देश्यीय सवारी साधनहरू लगायतका मोडलहरूको योजना बनाएको छ, युले थपे।

‘हामी उत्पादन क्षमताको अटोमेकरहरूको स्रोत पूर्ण रूपमा प्रयोग गर्न चाहन्छौं,’ युले भने।

सेरेसले ह्वावेको हारामोनीओएस सिस्टमको फिचर भएको कूल ८० हजार एइटो कारहरू बिक्री गरेको छ। कम्पनीद्वारा एन्ड्रोइडको विकल्पको रुपमा २०२२ मा विकसित गरिएको हो। कम्पनी फाइलिङका अनुसार एक वर्ष अघिको तुलनामा यसको बिक्री ६ गुणा बढी हो।

हुवावेका अध्यक्ष एरिक सुले शुक्रबार पत्रकार सम्मेलनमा कम्पनीले आफैं कार नबनाउने तर अन्य अटोमेकरहरूलाई राम्रो गाडी बनाउन मद्दत गर्ने दोहो¥याए।

प्रकाशित: १९ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...