एप्पल आईफोनले अन्ततः गुगल एफआई फाइभजी सपोर्ट प्राप्त गर्यो

  • Technology Khabar | १९ चैत्र २०७९, आईतवार
एप्पल आईफोनले अन्ततः गुगल एफआई फाइभजी सपोर्ट प्राप्त गर्यो

काठमाडौं ।

एप्पल कम्पनीको आईफोनहरुमा गुगल एफआइ प्रयोग गर्नेहरुका लागि खुसीको खबर आएको छ। कुपर्टिनोका स्मार्टफोनहरूले अन्ततः सफ्टवेयरको सबैभन्दा पछिल्लो संस्करणको आईओएस १६.४ को साथ नेटवर्कमा फाइभजी सपोर्ट प्राप्त गरेका छन्। अहिलेसम्म, गुगल एफआईका सदस्यहरूले टि–मोबाईलको फोरजी नेटवर्क मात्र प्रयोग गर्न सक्षम रहेका थिए।

उक्त फाइभजी नेटवर्कमा जडान गर्नको लागि आईफोन १२ वा त्यो भन्दा पछिको फोनहरुको आवश्यक पर्ने र सेटिङ मेनुमा सेलुलर डाटा अप्सन्स अन्तर्गत “ फाइभजी अटो” टगल (इनेबल) सक्षम गर्नुपर्ने उल्लेख गरिएको छ।

हालै मात्र बिल्ट–इन भीपीएन फङ्गसनालिटी र ई-सिमकार्डहरु प्रयोग गर्न अनुमति प्राप्त गरेको हुनाले गुगल एफआईका आईओएस प्रयोगकर्ताहरुका लागि उक्त नयाँ फिचर्सको सपोर्ट केही सुस्त हुन गएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १९ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...