काभ्रेपलाञ्चोकका त्रिसट्ठी हजार घरपरिवारमा स्मार्टफोन

  • Technology Khabar | १८ चैत्र २०७९, शनिबार
काभ्रेपलाञ्चोकका त्रिसट्ठी हजार घरपरिवारमा स्मार्टफोन

काठमाडौं ।

काभ्रेपलाञ्चोक जिल्लामा स्मार्टफोन प्रयोग गर्ने घरपरिवारको सङ्ख्या बढेको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार काभ्रेपलाञ्चोक जिल्लामा रहेका संस्थागतबाहेकका कुल ९१ हजार ३३० घरपरिबारमध्ये ६९ दशमलब ८ प्रतिशत अर्थात् ६३ त्रिसट्ठी हजार ७८१ घरपरिवारले स्मार्टफोन प्रयोग गर्ने गरेको पाइएको छ।

जिल्लामा मोबाइल फोन (साधारण) प्रयोग गर्ने परिवारको सङ्ख्या ७९ दशमलब ८ प्रतिशत अर्थात् ७२ हजार ८८५ रहेको छ। तथ्यांकअनुसार जिल्लामा तीन हजार ५७६ घरपरिवारले ल्यान्डलाइन टेलिफोन, ५२ हजार ५८६ घरपरिवारले टेलिभिजन, २८ हजार ४३३ घरपरिवारले रेडियो, १२ हजार २२४ घरपरिवारले कम्प्युटर/ल्यापटप प्रयोग गर्ने गरेका छन् ।

त्यसैगरी ३४ हजार ७९२ घरपरिवारले इन्टरनेटको सुविधा, तीन हजार ८५ परिवारले कार/जिप/भ्यान, २० हजार ४५७ घरपरिवारले मोटरसाइकल/स्कुटर, तीन हजार ७९६ घर परिवारले साइकल प्रयोग गर्ने गरेका छन् ।

त्यस्तै २० हजार ७१४ घरपरिवारले विद्युतीय पचत्वा, १६ हजार ४३५ घरपरिवारले रेफ्रिजेरेटर र २६३ घरपरिवारले एयर कन्डिस्नर प्रयोग गर्ने गरेको उल्लेख छ।

जनगणनाको तथ्याङ्कअनुसार ८७ हजार ४७६ घरपरिवारसँग रेडियो, टेलिभिजन, मोबाइल फोन, इन्टरनेट सुविधा, साइकललगायतका कम्तीमा एउटा साधन उपलब्ध छ। त्यसैगरी तीन हजार ८५४ घरपरिवारमा रेडियो, टोभो, मोबाइल, साइकललगायतका कुनै पनि साधन उपलब्ध नभएको तथ्याङकमा उल्लेख छ।

प्रकाशित: १८ चैत्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...