
काठमाडौं ।
चीनको ह्वावे टेक्नोलोजीले वार्षिक राजश्वमा थोरै वृद्धि भएकोले ‘संकटको मोडबाट बाहिर’ भएको बताएको छ। प्रतिबन्धबाट प्रभावित कम्पोनेन्टहरू प्रतिस्थापन गर्न कम्पनी अनुसन्धानमा अर्बौं खर्च गर्न अगाडि बढिरहेको छ।
टेक कम्पनीको पूर्वानुमान अनुसार राजस्व ०.९% बढेको छ। कम्पनीले २०१९ देखि अमेरिकी निर्यात नियन्त्रणको लगातार प्रतिबन्ध खेपेपछि कम्पनीको एक समयको शक्तिशाली स्मार्टफोन व्यवसाय प्रभावित बनेको छ। हालको राजश्व वृद्धिले कम्पनीको स्थिरता केही स्तरमा पुगेको सुझाव दिन्छ।
कम्पनीले ५.१८ बिलियन अमेरिकी डलर खुद नाफा सार्वजनिक गरेको छ। यो सन् २०२१ को नाफाको तुलनामा दुई तिहाई भन्दा कम हो। कम्पनीले अनर मिड–रेन्ज स्मार्टफोनको बिक्रीबाट यो नाफा प्राप्त गर्न सकेको हो। यस्तै सन् २०२२ को तुलनामा अझै पनि ४४ प्रतिशत गिरावट हो।
फाइभजी दूरसञ्चार नेटवर्कहरूमा प्रयोग हुने उपकरणहरूको प्रमुख आपूर्तिकर्ताका शीर्ष अधिकारीहरूले वाशिंगटनले चिप्स र चिप–डिजाइन उपकरणहरूको आपूर्तिमा प्रतिबन्ध लगाएपछि उनीहरूलाई कसरी ‘घातक गतिरोध’ मा धकेलियो र ‘आफ्नो बाटोमा लड्यो’ भन्ने बारे एक समाचार सम्मेलनमा बताएको रोयटर्सले उल्लेख गरेको छ।
‘२०२२ त्यो वर्ष हो जुन हामीले आफूलाई संकटको मोडबाट बाहिर निकाल्यौं। हामी सामान्य रूपमा व्यवसायमा फर्केका छौं,’ कम्पनीका संस्थापककी छोरी तथा कार्यकारी वित्तीय अधिकृत मेङ वान्झाउले भनिन्।
प्रकाशित: १८ चैत्र २०७९, शनिबार