
काठमाडौं ।
नेपालमा डिसहोमको आईपीटिभीमार्फत इन्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरु हेर्न पाइने भएको छ। डिस मिडिया नेटवर्कले ल्याएको इन्टरनेट प्रोटोकल बेस्ड आईपी टीभीमा एचडी क्वालिटीमा उक्त खेल हेर्न सकिने भएको हो।
अन्तराष्ट्रिय टिभी सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सक्ने कम्पनीले जनाएको छ।
लाईभ टिभीमा दैनिक विभिन्न स्पोर्टस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्युसिभ सिरियल भाग्य सिदुरको र आनन्दीसँगै अन्य सेवा प्रदायकहरुकोमा उपलब्ध नभएको सर्ट टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी लगायत २०० भन्दा वढि टिभी च्यानलहरु हेर्न सकिने छ। यस्तै ५ हजार घण्टा भन्दा बढि विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेको जनाएको छ।
प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार