
काठमाडौं ।
ट्विटरका सीईओ इलन मस्क प्लेटफर्ममा सबैभन्दा धेरै फलोअर हुने व्यक्ति बनेका छन्।
५१ वर्षीय मस्कको ट्विटरमा १३३.१ मिलियन भन्दा बढी फलोअर पुगेका छन्। यस अघि ट्विटरमा सबै भन्दा धेरै फलोअरको रेकर्ड पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको नाममा २०२० देखि रहेको थियो। ओबामाको फलोअर १३३ मिलियन रहेको छ।
गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार ट्विटरको मासिक सक्रिय प्रयोगकर्ताहरूको संख्या लगभग ४५० मिलियन छ। इलन मस्कलाई प्लेफर्मका करिब ३० प्रतिशत प्रयोगकर्ताले फलो गर्छन्।
इलन मस्कले २७ अक्टोबर २०२२ मा ट्विटरको जिम्मेवारी सम्हालेका थिए। तत्कालिन समयमा उनको करिब ११० मिलियन फलोअर थिए।
५ महिनामा मस्कको फलोअर १३३ मिलियनले बढेको छ। स्ट्याट ट्र्याकर सोशल ब्लेडका अनुसार, ओबामाले पछिल्लो ३० दिनमा २ लाख ७६ हजार ५८५ फलोअरहरू र बीबरले १ लाख १८ हजार ९५० गुमाएका लाइभमिन्टले उल्लेख गरेको छ। जबकि मस्कले प्रति दिन १ लाख भन्दा बढी नयाँ फलोअरका साथ ३ मिलियन भन्दा बढी प्राप्त गरेका छन्।
प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार