उडिरहेको जहाजमा टिकटक बनाएपछि हिमालय एयरलाइन्सका क्याबिन क्रु कारबाहीमा

  • Technology Khabar | १७ चैत्र २०७९, शुक्रबार
उडिरहेको जहाजमा टिकटक बनाएपछि हिमालय एयरलाइन्सका क्याबिन क्रु कारबाहीमा

काठमाडौं ।

उडिरहेको प्लेनमा टिकटक बनाउने हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रु कारबाहीमा परेका छन्।

उनीहरुले उडानकै क्रममा टिकटक भिडियो बनाएको भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो।

काठमाडौं–दोहा रुटमा बिहीबार उडानमा रहेकै बखत  पाकिस्तानको एयर स्पेसमाथि उडिरहेको समयमा उनीहरूले हवाईजहाजमा नै भिडियो बनाएका थिए।

उक्त टिकटक भिडियो सार्वजनिक भएसँगै नियामकले ‘इनफ्लाइट सेफ्टी’ र प्राधिकरणको मापदण्ड विरुद्ध गतिबिधि गरेको कसुरमा कारबाही गरेको जानकारी दिएको छ।

उनीहरुलाई प्राधिकरणका ३ देखि ६ महिनासम्म क्रुको रुपमा उडानमा जान नपाउने गरी कारबाही हुनेछ।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार