आईफोन १५ प्रो र म्याक्समा लो–पावर माइक्रोप्रोसेसर प्रयोग गरिने

  • Technology Khabar | १७ चैत्र २०७९, शुक्रबार

काठमाडौं ।

एप्पलको आईफोन १५ प्रो र प्रो म्याक्समा नयाँ फिचरहरुका साथै लो–पावर माइक्रोप्रोसेसरहरू समावेश गरिने म्याक र्यूमर्स फोरमको एक स्रोतले बताएको छ। उक्त चिपहरूले फोन अफ भएको खण्डमा पनि विशेष सुविधाहरूको प्रयोग सुनिश्चित गर्न सक्ने बताइएको छ।

साथै प्रायः सोलिड–स्टेट बटनको रूपमा चिनिने ट्याक्टाईल फिडब्याक बटन (स्पर्श प्रतिक्रिया बटन) ले सहायता प्रदान गर्नेछ।

आईफोन १४ प्रो सिरिज आधिकारिक रुपमा लन्च हुनु भन्दा अघि एप्पलको डायनामिक आइल्याण्डको बारेमा यस स्रोतले सही रूपमा जानकारी खुलासा गरेको हुनाले हालको यस जानकारीहरु पनि विश्वसनीय मान्न सकिने गिगचाइनामा उल्लेख गरिएको छ।

साथै एप्पलले हालको एसओसी (एएक्स) चिपको अल्ट्रा–लो पावर मोडलाई नयाँ माइक्रोप्रोसेसरले प्रतिस्थापन गर्ने एक अज्ञात स्रोतले दाबी गरेको बताइएको छ। आईफोनको यस फिचरले अब फोन बन्द गरिएको वा ब्याट्री सकिएको अवस्थामा पनि फाइन्ड माई, ब्लुटुथ, यूडब्ल्यूबी र एप्पल पे क्विक पेमेन्ट मोड मार्फत पत्ता लगाउन सकिने बताइएको छ।

यद्यपि, प्रयोगकर्ताले २४ घण्टा भित्र डिभाइस फेला पार्ने प्रयास गरेको खण्डमा मात्रै उक्त फिचरलले काम गर्नेछ उल्लेख गरिएको छ। सोलिड–स्टेट बटनहरू पावरिङ गर्नुको अतिरिक्त, यसले उक्त सबै हालको अपरेशनहरू पनि टेक ओभर गर्ने थप बताइएको छ।

आईफोन १५ प्रो/म्याक्स माइक्रोचिपका फङसन निम्न कार्यमा उपयोगी हुनेछ:

  • क्यापेसिटिभ भोल्युम बटन्स, पावर बटन्स, मल्टि परपोज अपरेशन बटन्स।
  • अन सट डाउन ईज रेसपोनसिबल फर (बन्द गर्दा जिम्मेवार हुने):
  • क्यापेसिटिभ भोल्युम, पावर र अपरेशन बटन्स।
  • ड्राइभ एनएफसी,एलई ब्लुटुथ,एलई–यूडब्ल्यूबी चिप्स, आदि। (ट्याप्टिक
  • इन्जिन फिडब्याक समर्थन गर्न सक्ने सम्भावना
  • ब्याट्री सक्किएको अवस्थामा
  • क्यापेसिटिभ भोल्युम, पावर र अपरेशन बटन्स।
  • एप्पल पे एक्सप्रेस क्वीक पेमेन्ट (द्रुत भुक्तानी)।
  • ड्राइभ एनएफसी,एलई ब्लुटुथ,एलई–यूडब्ल्यूबी चिप्स, आदि।

साथै, एप्पलले हाल केहि फिचरहरू परीक्षण गरिरहेको ईनसाइडरको दाबी रहेको छ। यस फिचर परीक्षण अन्तर्गत नयाँ ट्याप्टिक इन्जिन समावेश रहेको छ। यद्यपी उक्त सानो फिचर फोनको अन्तिम उत्पादनमा देखिने सम्भावना कम भएको र हाल परीक्षणमा रहेको रिपोर्टले बताएको छ।

एप्पलले कुन तवर समात्ने हो भनेर अस्पष्ट नभए तापनि “इनसाईडर्स”ले परीक्षणको द्वौरानमा युनिफाइड भोल्युम बटन फिचरहरुको दुइओर्टा संस्करणहरू देखेको दाबी गरेको छ।

एउटा संस्करणमा थिचाइको दबाबको मात्राको आधारमा तुरुन्तै भोल्युम बढाउन/कम गर्न सकिने छ भने अर्को संस्करणमा औंलाले माथि र तल स्वाइप गरेर भोल्युम समायोजन गर्न सकिने बताइएको छ। साथै भोल्युम बटन थ्रीडी टचसँग लिंक्ड गरिएको बताइएको छ। त्यसैगरी एप्पलले प्रयोगकर्ताहरूलाई स्वतन्त्र रूपमा छनौट गर्नका लागि सधै दुई समाधानहरू प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया