
काठमाडौं ।
फोल्डेबल फोनहरू आउन थालेको केही वर्ष भइसकेको छ तर तिनीहरूको ढुवानी भने परम्परागत बार स्मार्टफोनको स्तरको नजिक पनि पुग्न सकेको छैन्। आईडीसीको पछिल्लो प्रतिवेदनले आगामी वर्षहरुमा फोल्डेबल ढुवानीको संख्यामा स्वस्थ वृद्धिको पूर्वानुमान गर्नूका साथ २०२७ सम्ममा अनुमानित ४८.१ मिलियन फ्लिप हुने र फोल्ड डिभाइसहरू उपभोक्ताहरूसम्म पुग्ने उल्लेख गरिएको छ।
साथै २०२२–२०२७ अवधिको फोल्डेबलहरूको सीएजीआर–कम्पाउन्ड एनुअल ग्रोथ रेट (वार्षिक वृद्धि दर) ले परम्परागत स्मार्टफोनहरूलाई दस गुणाले पार गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
त्यसैगरी आईडीसी प्रतिवेदनले २०२२ को १.२ प्रतिशतको तुलनामा २०२७ सम्ममा फोल्डेबल फोनले संयुक्त ३.५ प्रतिसत बजार हिस्सा कमाउने देखाएको छ। साथै चार वर्षको अवधिमा फोल्डेबल बजार ४२ अर्ब डलर हुने अपेक्षा गरिएको छ।
आईडीसी विश्लेषकहरूले २०२३ मा कम एएसपीएस–एभरेज सेलिङ्ग प्राईसेस् (औसत बिक्री मूल्यहरू), सुधारिएको स्थायित्व र विभिन्न ब्रान्डहरूबाट नयाँ रिलिजहरूको प्रशस्तताका साथ तिनीहरूको अपीललाई बढाएर २१.४ मिलियन संयुक्त ढुवानी ल्याउने आशा गरेका छन्।
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार