‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन

  • Technology Khabar | १६ चैत्र २०७९, बिहीबार
‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन

काठमाडौं ।

चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको “सिनेमा साइबर सेक्युरिटी को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ।

बोर्डले एक कार्यक्रमको आयोजना गरी उक्त डेस्कका लागि सिस्टम विकासको काम सुरु भएको जानकारी दिँदै साइबर सुरक्षासँगै बोर्डलाई डिजिटल प्रविधिमा लैजानेसम्मका योजना सार्वजनिक गरेको हो।

कार्यक्रममा सूचना प्रबिधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, राष्ट्रिय सूचना प्रबिधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेल, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयका रजिस्ट्रार प्रह्लादप्रसाद पुडासैनीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारमाथि साइबर आक्रमण बढेको बताए। उनले कलाकारको गोपनीयता र साइबर सुरक्षामा आक्रमण भएको बताए।

“प्रविधिका कारण हामीलाई दर्शकसँग सहजै पुग्न र चलचित्र क्षेत्रको विस्तार गर्न सहज भएको छ तर यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौती सिर्जना गरेको छ । हामीले नेपाली चलचित्रहरू अनलाइन लीक भएका प्रशस्त उदाहरण देखेका छौँ । यसले चलचित्र उद्योगलाई ठूलो नोक्सान भएको छ । यसबाहेक हाम्रा कलाकारहरूको गोपनीयता र सुरक्षामा पनि साइबर हमला हुने गरेको हामीले पाएका छौँ,” उनले भने।

कार्यक्रममा रोबोटिक्स एकेडेमी अफ नेपालका संस्थापक बिक्रान्त कार्की र आइडिया ब्रिड आईटी सोलुसनका निवेशकिरण अधिकारीले संयुक्त रूपमा सिनेमा साइबर सेक्युरिटी डेस्कबारे जानकारी दिएका थिए।

प्रकाशित: १६ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...