बागमती प्रदेशका कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य

  • Technology Khabar | १६ चैत्र २०७९, बिहीबार
बागमती प्रदेशका कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य
सांकेतिक तस्बिर

काठमाडौं ।

बागमती प्रदेश सरकारले २०८० वैशाखबाट मन्त्रालय र मातहतका सबै कार्यालयमा कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्ने निर्णय गरेको छ।

बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी वैशाखबाट विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो।

प्रदेश सरकार गठन भएको पाँच वर्ष बितिसक्दासमेत प्रदेश सरकारको मन्त्रालय र मातहतका कतिपय कार्यालयमा कर्मचारीको दैनिक हाजिर हाजिरी पुस्तिकामा हुँदै आएको थियो।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले निर्णय वैशाख १ गतेबाट लागू गरिने जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: १६ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार