
काठमाडौं ।
कियाले मंगलबार ईभी९ फ्ल्यागशिप इलेक्ट्रिक एसयूभीको पहिलो स्पेसिफिकेशन सार्वजनिक गरेको छ। प्रेस विज्ञप्ति र प्रस्तुतिमा उल्लेख गरिएका अनुसार ईभी९ एडब्ल्यूडी सबैभन्दा शक्तिशाली भेरियन्ट हुनेछ। यस रहेको डुलअ मोटर पावरट्रेनले ३८० हर्सपावर प्रदान गर्छ।
कार्यक्रममा कियाका अध्यक्ष तथा सीईओ हो सुङ सोङले खुलासा गरे कि ईभी९ ले रेञ्ज टपिङ जीटी मोडल पनि पाइनेछ। मंगलबार जीटी लाइन ट्रिम सार्वजनिक गरिएको हैन।
सानो ईभी६ जीटी जस्तै ईभी९ जीटी एक उच्च परर्फमेन्स मोडल हुनेछ। जसमा डुअल मोडर एडब्ल्यूडी पावरट्रेन र नेक स्न्यापिङ एक्सेलेरेसन हुनेछ।
कियाका प्रमुख होन्चोले भने कि ईभी९ जीटी पहिले देखि नै विकासको क्रममा छ र यो २०२५ को शुरुमा रिलिज गरिनेछ।
उनले थप विवरण भने खुलास गरेनन्। तर ईभी९ जीटी ईभी९ एडब्ल्यूडी भन्दा धेरै पावर प्रदान गर्ने खालको हुनुपर्छ। जसले २८३ किलोवाट र ६०० न्यूटन मिटर टर्क प्रदान गर्ने गर्छ।
किया ईभी६ जीटीको पावरट्रेन ईभी९ जीटीको लागि राम्रो फिट जस्तो दखिन्छ। किनकी यसले प्रदान गर्ने ४२९ किलोवाट र ७३९ एनएम टर्क प्रदान गर्छ। यसबाट ३.५ सेकेन्डमा ० देखि ६२ माइल प्रति घण्टाको गति लिन सक्षम हुनेछ।
नियमित किया ईभी९ २०२४ को मध्यमा अमेरिकाबाट बिक्री शुरु गरिनेछ भने ईभी९ जीटी २०२५ देखि बिक्री गरिनेछ।
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार