मोटोरोला मोटो जी १३ भारतीय बजारमा सार्वजनिक

Technology Khabar १६ चैत्र २०७९, बिहीबार

काठमाडौं ।

गत जनवरीमा मोटोरोला मोटो जी १३ ले युरोपमा डेब्यु गरेको थियो। मोटोरोलाले अब भने उक्त ह्यान्डसेट निर्धारित समय अनुसार भारतमा ल्याएको छ।

साथै यो नयाँ फोन यस वर्ष भारतमा रिलिज हुने कम्पनीको मोटो ई १३ पछिको सबैभन्दा किफायती दोस्रो स्मार्टफोन भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

यस नयाँ फोनको मूल्य भारु १०,०००(१२० डलर) भन्दा कम भए तापनि डिभाइस भने राम्रो फिचरहरुको साथ आएको छ।

मोटोरोला मोटो जी१३ को स्पेसिफिकेसनहरु

मोटो जी१३मा १६००x७२० पिक्सेल (एचडी प्लस) र ९० हर्ज सहितको ६.५ इन्चको एलसीडी समावेश गरिएको छ। फोनमा वाटर–रिप्लेन्ट प्लास्टिक बडी पनि रहेको बताइएको छ।

यो फोन मिडियाटेक हेलियो जी८५ चिपसेटद्वारा संचालित रहेको र एन्ड्रोइड १३ मा चल्ने बताइएको छ। साथै ब्रान्डले एन्ड्रोइड १४ अपडेट र तीन वर्षको सुरक्षा अपडेटको ग्यारेन्टी दिएको छ।

यस डिभाइसको पछाडि ट्रिपल क्यामरा प्रणाली समावेश गरिएको छ। स्मार्टफोनको पछाडि रहेको उक्त ट्रिपल क्यामरा प्रणालीमा ५० मेगापिक्सेलको प्राइमरी शूटर, २ मेगापिक्सेलको म्याक्रो स्न्यापर र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ। त्यसैगरी सेल्फी र भिडियो कलहरूको लागि भनेर अगाडिको भागमा ८ मेगापिक्सेलको क्यामरा रहेको छ।

किफायती भए तापनि फोनमा डल्बी एटमस सहितको डुअल स्टेरियो स्पिकरहरू समावेश गरिएको र साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, ३.५एमएम हेडफोन ज्याकका साथै एक डेडिकेटेड् माइक्रोएसडी कार्ड स्लट पनि रहेको उल्लेख गरिएको छ।

त्यसैगरी ह्यान्डसेटमा कनेक्टिभिटि अप्सन्स (जडान विकल्प) हरूको रुपमा डुअल सिम, फोरजी, डुअल–ब्यान्ड वाइफाइ, ब्लुटुथ ५.१ र जीएनएसएस समावेश गरिएको बताइएको छ। साथै फोनमा ५,००० एमएएच ब्याट्री समावेश गरिएको र यसले १० वाट चार्जिङ समर्थन गर्ने बताइएको छ

भारतमा, मोटोरोला मोटो जी१३ को मूल्य ४ जीबी प्लस ६४जीबी र ४ जीबी प्लस १२८जीबी मेमोरी कन्फिगरेसनको लागि क्रमशः भारु ९,४९९ (११५ डलर) र भारु ९,९९९ (१२० डलर) रहेको छ।

प्रकाशित: १६ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया