
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले (मार्च २९) बुधबार एउटा ठूलो घोषणा गरेको छ। उक्त घोषणा बेसबल प्रशंसकहरूले पक्का पनि मन पराउने बताइएको छ। टेक जायण्ट ले न्यूयोर्क शहरको सिटी फिल्डमा ठूलो डिजिटल डिस्प्ले ल्याउनको लागि मेजर लीग बेसबलको न्यूयोर्क मेट्ससँग साझेदारी गरेको छ। उक्त स्क्रिन विश्वको सबैभन्दा ठूलो मात्र नभएर सबैभन्दा उज्यालो पनि भएको र यसले स्टेडियममा खेलहरू हेर्न सहभागी हुने सबैलाई अल्टिमेट भिजुअल एक्सपिरियन्स प्रदान गर्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।
सामसङको उक्त एलइडी स्क्रिनको मापन कुल १७,४०० वर्ग फुट (लगभग १६१६.५ वर्ग मिटर) रहेको छ। यस बेहेमोथको अतिरिक्त, त्यहाँ सानो ६,९०० वर्ग फुट (लगभग ६४१ वर्ग मिटर) एलईडी स्क्रिन पनि रहेको बताइएको छ। सामसङ इलेक्ट्रोनिक्सले २०२२ को फलदेखि नै स्टेडियममा २९,८०० वर्ग फुटभन्दा बढी नयाँ एलइडी डिस्प्लेहरू स्थापना गरिसकेको र यसले पिक्सेलको कुल संख्या ४० मिलियन पुगेको उल्लेख गरिएको छ।
मार्च २३ मा, बेसबल प्रशंसकहरूले मेट्सको “ह्वाट ईज न्यू एट सिटि फिल्ड” (सिटि फिल्डमा नयाँ के छ) कार्यक्रममा नयाँ डिस्प्लेहरूको एक झलक पाएका थिए। यस नयाँ प्रविधि मार्फत अब प्रशंसकहरू स्टेडियममा जहाँ भए पनि एक्सनका मोमेन्टस्हरु गुमाउनु नपर्ने भएको बताइएको छ। उक्त स्क्रिनहरूले स्टनिङ्ग फोरके रिजोल्युसनमा खेल देखाउन सक्षम रहेको र साथै स्कोर, (स्ट्याटस् )तथ्याङ्क, र अन्य उपयोगी जानकारी डिस्प्ले गर्ने उल्लेख गरिएको छ।
यस डिजिटल रूपान्तरणबाट फाइदा लिने खेल प्रशंसकहरु मात्र नभएर यस विशाल डिस्प्लले विज्ञापनदाताहरूलाई पनि ठूलो दर्शकमा पुग्नको लागि अविश्वसनीय अवसर प्रदान गर्ने उल्लेख गरिएको छ। उक्त स्क्रिन अग्लो भएको कारणले गर्दा राजमार्गबाट पनि देख्न सकिने र यसले गर्दा विज्ञापनदाताहरूलाई अझ बढी एक्सपोजर प्राप्त हुने बताइएको छ। त्यसैगरी समग्र फ्यान अनुभवलाई सुधार गरेर र राजस्वका लागि थप अवसरहरू प्रदान गर्दै सामसङ इलेक्ट्रोनिक्स र न्यूयोर्क मेट्स बीचको यो साझेदारीमा संलग्न सबैका लागि होम रन भएको थप बताइएको छ।
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार