ओपो र वानप्लसद्वारा युरोप छोड्ने अफवाहहरुको आधिकारिक रूपमा खण्डन

  • Technology Khabar | १५ चैत्र २०७९, बुधबार
ओपो र वानप्लसद्वारा युरोप छोड्ने अफवाहहरुको आधिकारिक रूपमा खण्डन

काठमाडौं ।

सोमबार ओपो र वानप्लसले बेलायत, जर्मनी, नेदरल्याण्डस् र फ्रान्स लगायतका प्रमुख/मुख्य युरोपेली बजारहरुबाट बाहिरिने अफवाहसहितका समाचारहरु आएको थियो।

वानप्लसका प्रतिनिधिहरुले उक्त समाचारहरुको तुरुन्तै खण्डन गरेका र त्यसलगत्तै ओप्पोले पनि वानप्लसलाई पछ्याउँदै उक्त समाचारहरु अस्वीकार गरेको उल्लेख गरिएको छ। साथै उक्त दुई कम्पनीहरुले युरोपेली बजारहरूमा आफ्ना कम्पनीहरूको समर्पणको बारेमा आधिकारिक बयान जारी गरेको बताइएको छ।

वानप्लसका ग्लोबल पीआर प्रबन्धक जेम्स प्याटरसनले मिडियालाई भने, “वानप्लस युरोप र बेलायतबाट बाहिरिने छैन र स्थानीय बजारहरूमा स्थिर सञ्चालनहरू कायम राख्नेछ। वानप्लसले युरोपमा लगानी गर्न जारी राख्नेछ र आफ्ना प्रयोगकर्ताहरूलाई थप नवीन उत्पादन र समाधानहरू प्रदान गर्नेछ।”

ओप्पो ईयूका प्रवक्ताले २०२३ को लागि कम्पनीसँग ठूला योजनाहरु रहेको र सबै विद्यमान युरोपेली बजारहरूप्रति प्रतिबद्ध रहेको बताएको उल्लेख गरिएको छ।

“हामीले २०२३ मा युरोपमा धेरै उत्पादनहरू सफलतापूर्वक लन्च गरेर उत्कृष्ट सुरुवात गरेका थियौं र बाँकी वर्षको लागि आगामी उत्पादनहरूको लाइन–अपका साथ तयार छौँ। सधैं झैं, अगाडि बढ्दै प्रयोगकर्ताहरूको लागि ओपोले थप नवीन उत्पादनहरू र उत्कृष्ट उत्पादनहरू प्रदान गर्न जारी राख्नेछ।”

ओप्पोले युरोपका लागि आफ्ना दीर्घकालीन प्रतिबद्धताहरू घोषणा गर्नुको सट्टा यस वर्षका लागि मात्र आफ्ना योजनाहरूको बारेमा बताएको उल्लेख छ।

वानप्लसले भर्खरै आफ्नो वानप्लस ११ फ्ल्यागशिप लन्च गरेको छ। साथै गत हप्ता “तीन मुख्य क्यामरा” सहितको ओपो फाइन्ड एक्स ६ प्रो घोषणा गरिएको थियो। यद्यपी उक्त स्मार्टफोन चीनबाट बाहिर निस्किएको र एकमात्र फ्ल्यागशिप–स्तरीय ओप्पो स्मार्टफोनको रूपमा फाइन्ड एन२ फ्लिपलाई युरोपमा उपलब्ध गराइएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...