वानप्लस ११ जुपिटर रक एडिसन मार्च २९ मा लन्च गरिने

  • Technology Khabar | १३ चैत्र २०७९, सोमबार
वानप्लस ११ जुपिटर रक एडिसन मार्च २९ मा लन्च गरिने

काठमाडौं ।

गत हप्ता वानप्लस ११ जुपिटर रक एडिसनको पहिलो सेट टिजरहरू सार्वजनिक भएको थियो। यो नयाँ डिभाइस वानप्लस ११ मा आधारित हुने उल्लेख गरिएको छ। साथै यस फोनमा जुपिटरमा पाइने रक म्याटिरियल (चट्टान सामग्री) बाट प्रेरित एक विशेष थ्रीडी माइक्रोक्रिस्टलाइन ब्याक फिनिस फिचर गरिने बताइएको छ। वानप्लस चाइनाले यो डिभाइस मार्च २९ मा बेइजिङको स्थानिय समय अनुसार दिउँसोको २ः३० मा लन्च हुने पुष्टि गरेको बताइएको छ।

त्यसैगरी वानप्लसले आफ्नो वेईबो प्रोफाइलमा डिभाइसको बारेमा केही विवरणहरू पनि सेयर गरेको छ। साथै आर एण्ड डी प्रक्रियाको लागि एक वर्ष लागेको र वानप्लसले विशेष ब्याक म्याटिरियलको लागि नयाँ सेल्फ–डेभलपड् उत्पादन लाइन सेट अप गर्नुपरेको बताइएको छ। नियमित ग्लास ब्याक स्मार्टफोनहरूको तुलनामा नयाँ ब्याक म्याटिरियल उत्पादन दर कथित रूपमा ५० प्रतिशत रहेको र प्रत्येक नयाँ वानप्लस ११ जुपिटर रक एडिसन फोनमा विशेष ढाँचाहरू रहने उललेख गरिएको छ। साथै सम्पूर्ण जुपिटर रक एडिसन फोनहरूमा कस्टम प्याकेजिङ पनि फिचर गरिने थप बताइएको छ।

प्रकाशित: १३ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • १३ चैत्र २०७९, सोमबार