इम्बोस्ड नम्बर प्लेट नेपालीमा राखिने, शुल्क पनि घटाइने

  • Technology Khabar | १३ चैत्र २०७९, सोमबार
इम्बोस्ड नम्बर प्लेट नेपालीमा राखिने, शुल्क पनि घटाइने
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको छ। सोमबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको जानकारी दिएका हुन्।

उनले यस सम्बन्धमा ठेक्का पाएको कम्पनीसँग समेत कुरा अघि बढाएको बताए।

इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने सम्बन्धमा प्रधानमन्त्रीले समेत विशेष चासो दिएको बताए। त्यसका लागि सम्बन्धित एजेन्सीसँग छलफलको प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले बताए।

तस्तै मन्त्री श्रेष्ठले इम्बोस्ड नम्बर प्लेटका लागि लिँदै आएको शुल्क घटाउन लागिएको बताए।ठेकेदारसँग भएको सम्झौताबाट शुल्क घटाउन नसकिने तर सरकार आँफैले बेहोर्ने गरी इम्बोस्ड नम्बर प्लेट जडान शुल्क घटाउने व्यवस्था मिलाइने उनको भनाइ छ।

प्रकाशित: १३ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...