
काठमाडौं ।
गत महिना बार्सिलोनामा आयोजित एमडब्लूसीमा प्रस्तुत गरिएको नुबिया प्याड ३डी अब जेडटीईको आधिकारिक वेबसाइट मार्फत युरोप, मध्य पूर्व, एशिया प्रशान्त र अफ्रिकाका ४० भन्दा देशहरूमा प्रि–अर्डरको लागि तयार भएको छ। साथै नुबिया प्याड ३डीको खुला बिक्री भने आगामी अप्रिल ११ देखि शुरु हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।
प्याड ३डी खैरो रङमा मात्रै आउने र यसको मूल्य १,१९९ अमेरिकी डलर (१,२९९यूरो /१,१४९ पाउण्ड) रहेको बताइएको छ। साथै प्याड ३डी प्रि–बुक गरेर पछि ट्याब्लेट खरिद गर्दा भने १०० अमेरिकी डलर (१०० यूरो/१०० पाउण्ड) छुट र निःशुल्क चार्जर पनि प्राप्त गर्ने उल्लेख गरिएको छ।
नुबिया प्याड ३डीमा १२.४ इन्चको १२० हर्ज २,५६०ह् १,६००–पिक्सेलको एलसीडी समावेश गरिएको छ। उक्त ३डी लाईटफिल्ड डिस्प्लेले रियल–टाइम २डी देखि ३डी कन्र्भसन समर्थन गर्नूका साथै ग्लासलेस (चश्मा–रहित) ३डी हेर्न अनुमति दिने उल्लेख गरिएको छ।
नुबिया प्याड ३डीको हेल्ममा साथस्न्यापड्रागन ८८८ एसओसीका साथै ८जीबी र्याम र २५६जीबी सम्म स्टोरेज रहेको बताइएको छ। साथै नुबिया प्याड ३डीले एन्ड्रोइड १३ चलाउने र यसमा ३३वाट चार्जिङको साथ ९,०७० एमएएच ब्याट्री समावेश गरिएको थप बताइएको छ।
ट्याब्लेटको अगाडिको भागमा दुईओटा ८ मेगापिक्सेलको क्यामरा र पछाडिको भागमा दुईओटा १६ मेगापिक्सेलको क्यामरा गरेर कुल चारओटा क्यामेराहरू समावेश गरिएको बताइएको छ। साथै ट्याब्लेटको अगाडिको क्यामेराले ३डी चश्मा बिना नै ३डी कन्टेन्ट हेर्न मद्दत गर्ने र पछाडिको क्यामेराले ३डीमा फोटो र भिडियो खिच्ने उल्लेख गरिएको छ।
प्रकाशित: १३ चैत्र २०७९, सोमबार