काठमाडौं ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले २६ मार्च आईतवार एकै साथ ३६ ओटा स्याटेलाइट प्रक्षेपण गरेको छ। ब्रिटिस कम्पनीको स्याटेलाइट बोकेको इसरोको एलभीएम ३ (LVM3) लन्चिङ्ग भेहिकल स्थानीय समयअनुसार बिहान ९ बजे श्रीहरिकोटाबाट उडान भरेको थियो।
आधिकारिक जानकारीकाअनुसार यो साढे ४३ मिटर अग्लो इसरो रकेटले बेलायतको एउटा कम्पनीका ३६ वटा स्याटेलाइटलाई साथमा लिएर उडेको थियो। एलभीएम ३ ले उडान भरेका भूउपग्रहहरूको कुल वजन ५ हजार ८०५ टन छ।
यो मिसनलाई एलभीएम ३-एम ३/वनवेब इन्डिया-२ नाम दिइएको छ। इसरोले ट्विट गर्दै यो मिसन लन्च भएको जानकारी दिएको थियो।
७२ भूउपग्रह प्रक्षेपण
एलभीएम ३ इसरोको सबैभन्दा भारी प्रक्षेपण वाहन हो जसले चन्द्रयान-२ मिशन सहित अहिलेसम्म पाँच सफल उडानहरू पूरा गरेको छ। बेलायतको वनवेब ग्रुप कम्पनीले ७२ भूउपग्रह प्रक्षेपण गर्न इसरोको व्यावसायिक शाखा न्यूजस्पेस इन्डिया लिमिटेडसँग सम्झौता गरेको थियो।
यसमा, इसरोले पहिले नै २३ अक्टोबर २०२२ मा २३ भूउपग्रह प्रक्षेपण गरिसकेको छ। आज बाँकी २३ भूउपग्रहहरूलाई पृथ्वीको कक्षमा राखिनेछ। एसरोको यो प्रक्षेपण संग, पृथ्वीको कक्षमा वनवेब कम्पनीको भूउपग्रहको कुल संख्या ६१६ हुनेछ। इसरोको लागि यो वर्षको दोस्रो प्रक्षेपण हो।
इसरोकाअनुसार, यदि यो प्रक्षेपण सफल भयो भने, वनवेब इण्डिया-२ ले अन्तरिक्षमा ६०० भन्दा बढी पृथ्वीको तल्लो कक्षीय भूउपग्रहहरूको कन्स्टलेशन पूरा गर्नेछ। यसका साथै यसले विश्वको हरेक भागमा स्पेस बेस ब्रोडब्यान्ड इन्टरनेट योजनामा मद्दत गर्नेछ।
प्रकाशित: १२ चैत्र २०७९, आईतवार