तेह्र करोड रुपैयाँको ३ हजार ३९५ इलेक्ट्रिक साइकल देशमा भित्रियो

  • Technology Khabar | १२ चैत्र २०७९, आईतवार

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ८ महिनामा करिब १३ करोड रुपैयाँको इलेक्ट्रिक साइकल नेपाल भित्रिएको छ।

फागुन मसान्तसम्म १२ करोड ९९ लाख ३ हजार रुपैयाँ बराबरको ३ हजार ३९५ यूनिट इलेक्ट्रिक साइकल नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

इलेक्ट्रिक साइकलको आयातबाट सरकारले ३ करोड १४ लाख ४१ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

माघमा ३१२ करोड ४ लाख ६९ हजार रुपैयाँ बराबरको ३ हजार २१० यूनिट इलेक्ट्रिक साइकल नेपाल आयात भएको थियो।

इलेक्ट्रिक साइकल चीन, भारत, कतार, थाइल्याण्ड, ताइवान र यूएईबाट नेपाल आउने गरेको देखिन्छ।

सबैभन्दा धेरै चीनबाट ९ करोड ३ लाख १० हजार रुपैयाँ बराबरको २ हजार ७८८ यूनिट इलेक्ट्रिक साइकल आएको छ।

भारतबाट ३ करोड ३६ लाख ९९ हजार रुपैयाँ बराबरको ५८९ यूनिट इलेक्ट्रिक साइकल आयात भएको देखिन्छ।

ताइवानबाट ५७ लाख ९८ हजार रुपैयाँ बरारबको १४ यूनिट इलेक्ट्रिक साइकल नेपाल भित्रिएको छ।

यूएईबाट २ र कतारबाट १ यूनिट इलेक्ट्रिक साइकल नेपाल ल्याइएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

प्रकाशित: १२ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया