मोटोरोला मोटो जी१३ को भारत लन्च मिति खुलासा 

  • Technology Khabar | १२ चैत्र २०७९, आईतवार

काठमाडौं ।

गत जनवरीमा घोषणा गरिएको मोटोरोला मोटो जी१३ भारतमा मार्च २९ मा लन्च गरिने भएको छ। भारतीय अनलाइन रिटेलर फ्लिपकार्टले मोटोरोला मोटो जी१३ को लन्च मिति खुलासा गरेको उल्लेख छ।

साथै फ्लिपकार्टले आफ्नो वेबसाइटमा मोटो जी१३ को प्रोमो पेज (पृष्ठ) सेटअप गरेको बताइएको छ।

मोटो जी१३ हेलियो जी८५ एसओसीबाट पावर्ड (संचालित) रहेको र एन्ड्रोइड १३ आउट अफ द बक्स रन गर्ने छ। भारतमा मोटो जी१३ सिङ्गल ४जीबी/१२८जीबी कन्फिगरेसनका साथै ल्याभेन्डर ब्लू र म्याट चारकोल गरी दुई रङ्गहरूमा उपलब्ध हुनेछ।

मोटो जी१३ मा ६.५ इन्चको एचडी प्लस ९० हर्ज एलसीडी समावेश गरिएको छ। साथै डिभाइसमा यूएसबी–सी मार्फत पावर ड्र (तान्ने) गर्ने ५,००० एमएएचको ब्याट्री रहेको छ। यद्यपि, उक्त डिभाइसले बजार अनुसार १०वाट वा २०वाट चार्जिङ सपोर्ट गर्ने भएकाले भारतमा उपलब्ध हुने मोटो १३ कति छिटो चार्ज हुनेछ भनेर स्पष्ट नभएको बताइएको छ।

हेलियो जी८५–संचालित स्मार्टफोनको पछाडि ५० मेगापिक्सेलको क्यामराका साथै २ मेगापिक्सेलको डेफ्थ र म्याक्रो युनिटस समावेश गरिएको छ। त्यसैगरी सेल्फी र भिडियो कलहरूको लागि भनेर अगाडिको भागमा ८ मेगापिक्सेलको क्यामरा रहेकोछ।

त्यसैगरी मोटोरोला मोटो जी१३ को अन्य हाइलाइटहरूमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, ३.५ एमएम हेडफोन ज्याक र डल्बी एटमस सहितको स्टेरियो स्पिकरहरू समावेश रहेका छन्। साथै आईपी५२ रेटेड गरिएको मोटो जी१३मा स्टोरेज बिस्तारको लागि डेडिकेटेड माइक्रोएसडी कार्ड स्लट पनि रहेको छ। मोटो जी१३ एक एनएफसी चिप अनबोर्डको साथ पनि आउने तर त्यो बजारमा निर्भर हुने रिपोर्टमा उल्लेख छ।

प्रकाशित: १२ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया