Technology Khabar ११ चैत्र २०७९, शनिबार
काठमाडौं ।
नेपाल टेलिकमले म्याद सकिएका रिचार्ज कार्डको म्याद एकैपटक चार वर्षका लागि थपेको छ।
सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले यहि अंग्रेजी महिना मार्च ३१ तारिखमा म्याद सकिने ५०० र १ हजार दरका सबै रिचार्ज कार्डहरुको अवधि एकैपटक ४ वर्षका लागि थप गरेको हो।
कम्पनीको वायरलेस सेवा निर्देशनालयले एक सूचना जारी गर्दै २०२३ मार्च ३१ तारिखमा समय सकिने ५०० र १ हजार दरका सबै रिचार्ज कार्डको अवधि आगामी सन् २०२७ मार्च ३१ सम्म कायम गरेको हो।
तर किन एक्स्पायर अवधि थप गरिएको भन्ने कुनै जानकारी दिएको छैन्।
प्रकाशित: ११ चैत्र २०७९, शनिबार