पन्द्रह प्रतिशत नेपालीसँग कम्प्युटर तथा ल्यापटप

  • Technology Khabar | ११ चैत्र २०७९, शनिबार
पन्द्रह प्रतिशत नेपालीसँग कम्प्युटर तथा ल्यापटप

काठमाडौं ।

पन्द्रह प्रतिशत नेपालीले कम्प्युटर तथा ल्यापटप प्रयोग गर्ने गरेको देखिएको छ।

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनमा १५ प्रतिशत नेपालीले कम्प्युटर तथा ल्यापटप प्रयोग गर्ने गरेको देखिएको हो।

तीमध्ये कोशी प्रदेशमा ११.८ प्रतिशत, मधेश प्रदेशमा ७.८ प्रतिशत, बागमती प्रदेशमा ३०.३ प्रतिशत, गण्डकी प्रदेशमा १६.२ प्रतिशत, लुम्बिनी प्रदेशमा ११.१ प्रतिशत, कर्णाली प्रदेशमा ५.६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६.६ प्रतिशत नेपालीले कम्प्युटर तथा ल्यापटप प्रयोग गर्ने गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: ११ चैत्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार