
काठमाडौं ।
७३.२ प्रतिशत आम नेपालीको पहुँचमा मोबाइलफोन पुगेको छ। शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनमा मोबाइलफोनमा ७३.२ प्रतिशत नेपालीको पहुँचमा पुगेको देखिएको हो।
तीमध्ये कोशी प्रदेशमा ७२.६ प्रतिशत, मधेश प्रदेशमा ७४.८ प्रतिशत, बागमती प्रदेशमा ६८.२ प्रतिशत, गण्डकी प्रदेशमा ७१.१ प्रतिशत, लुम्बिनी प्रदेशमा ७४.६ प्रतिशत, कर्णाली प्रदेशमा ८२.२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७९.१ प्रतिशत नेपालीको हातमा मोबाइल फोन रहेको तथ्यांकमा देखिन्छ।
यस्तै, नेपालको कुल जनसंख्याको ७३ प्रतिशतले स्मार्टफोन चलाउने गरेको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये कोशी प्रदेशमा ७४.२ प्रतिशत, मधेश प्रदेशमा ६६.९ प्रतिशत, बागमती प्रदेशमा ८० प्रतिशत, गण्डकी प्रदेशमा ७७.८ प्रतिशत, लुम्बिनी प्रदेशमा ७५.५ प्रतिशत, कर्णाली प्रदेशमा ५८.४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६२.६७ प्रतिशत नेपालीले स्मार्टफोन प्रयोग गर्दै आइरहेका छन्।
साथै ल्याण्डलाइन टेलिफोन उपयोग गर्ने नेपाली जम्मा ४.५ प्रतिशत मात्रै रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख छ। जसमध्ये कोशी प्रदेशमा ३.१ प्रतिशत, मधेशमा १.६ प्रतिशत, बागमतीमा १०.१ प्रतिशत, गण्डकीमा ५.२ प्रतिशत, लुम्बिनीमा ३ प्रतिशत, कर्णालीमा १.९ प्रतिशत र सुदूरपश्चिममा २.१ प्रतिशत जनाले मात्रै ल्याण्डलाइन फोन प्रयोग गरेका छन्।
प्रकाशित: १० चैत्र २०७९, शुक्रबार