वानप्लस नर्ड सीई ३ लाईट र नर्ड बड्स २ अप्रिल ४ मा आउने

  • Technology Khabar | १० चैत्र २०७९, शुक्रबार
वानप्लस नर्ड सीई ३ लाईट र नर्ड बड्स २ अप्रिल ४ मा आउने

काठमाडौं ।

वानप्लसले आगामी महिना भारतमा आफ्नो ‘लार्जर द्यान लाइफ – ए वनप्लस नर्ड लन्च इभेन्ट’ आयोजना गर्ने घोषणा गरेको छ। उक्त कार्यक्रममा कम्पनीले वनप्लस नर्ड सीई ३ लाईट र नर्ड बड्स २ लन्च गर्ने भएको छ।

उक्त लन्च इभेन्ट एक अनलाइन लन्च कार्यक्रम भएको र सो कार्यक्रम आगामी अप्रिल ४, मंगलबार आयोजना गरिने बताइएको छ।

नर्ड सीई ३ लाईट भारतीय बजारको लागि वानप्लसको ल्याटेस्ट इन्ट्रि लेभल स्मार्टफोन रहेको बताइएको छ। साथै कम्पनीले पहिले नै उक्त फोन र त्यसको आकर्षक पेस्टल लाइम रङ्गको तस्बिरहरू खुलासा गरिसकेको बताइएको छ। यद्यपी डिभाइसको बारेमा भने अन्य धेरै जानकारीहरु थाहा नभएको बताइएको छ।

त्यसैगरी वानप्लसले नर्ड बड्स २ को डिजाइनको पनि खुलासा गरेको छ। उक्त नर्ड बड्स २ पहिलो पुस्ताको मोडल जस्तै देखिनुका साथै कालो र सेतो रङ्गहरुको विकल्पहरूमा उपलब्ध हुनेछ।

वानप्लस नर्ड सीई ३ लाईट र नर्ड बड्स २ इन्ट्री–लेभलका उत्पादनहरू भएकाले दुवैको मूल्य आकर्षक हुने अपेक्षा गरिएको छ। साथ वानप्लस नर्ड सीई ३ लाईट र नर्ड बड्स २को मूल्य पनि हाल उपलब्ध भइरहेका तिनीहरूको पूर्ववर्तीहरूको मूल्य नजिक हुने सम्भावना रहेको बताइएको छ।

प्रकाशित: १० चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • १० चैत्र २०७९, शुक्रबार