
काठमाडौं ।
शाओमीले रेडमी नोट १२ सिरिज अन्तर्गतको चारओटा मोडल युरोपेली बजारमा ल्याएको छ। कम्पनीले रेडमी नोट १२ प्रो प्लस, नोट १२ प्रो र नोट १२का साथै ब्य्राण्ड न्यू फोरजी–मोडल रेडमी नोट १२ फोरजी सार्वजनिक गरेको छ।
रेडमी नोट १२ फोरजी संस्करण र यसको अन्य फाइभजी समकक्षहरुमा डिजाइनदेखि लिएर अन्य धेरै चीजहरूमा भिन्नता रहेको उल्लेख गरिएको छ। रेडमी नोट १२ फोरजीको पछाडिको भाग फ्ल्याट रहेको छ भने यसको फाइभजी स्बिलिङहरुमा कर्भ ब्याक रहेको छ। साथै यस फोरजी मोडलमा एफएचडीप्लस रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट सहितको ६.६७ इन्चको एएमओएलईडी डिस्प्ले रहेको छ।
त्यसैगरी फाइभजी मोडलहरुको तुलनामा यस फोरजी मोडलको चिपसेट पनि फरक रहेको बताइएको छ। रेडमी नोट १२ फोरजीमा नयाँ स्न्यापड्रागन ६८५एसओसी सहित ४/६/८जीबी र्याम र ६४/१२८जीबी स्टोरेज समावेश गरिएको छ।
फोरजी मोडलमा ५० मेगापिकसेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड मोड्युल र २ मेगापिक्सेलको क्यामरा समावेश गरिएको छ। साथै रेडमी नोट १२ फोरजीले अझै पनि एन्ड्रोइड १३ मा आधारित एमआईयूआई १४ बुट गर्ने उल्लेख छ। यस फोरजी मोडलले अन्य फाइभजी मोडलहरुले जस्तै ३३ वाटको फास्ट चार्जिङ स्पोर्ट गर्ने र ५,००० एमएएचको ब्याट्री प्याक रहेको बताइएको छ।
रेडमी नोट १२ फोरजी ओनिक्स ग्रे, मिन्ट ग्रीन, आइस ब्लू गरि तीन भिन्न रङ्गहरुमा उपलब्ध भएको बताइएको छ। त्यसैगरी ४/६४जीबी ट्रिमको मूल्य १९९ युरो देखि शुरु हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।
प्रकाशित: १० चैत्र २०७९, शुक्रबार