फरार ‘क्रिप्टोक्र्यास’ सीईओ डो क्वोन पक्राउ

  • Technology Khabar | १० चैत्र २०७९, शुक्रबार
फरार ‘क्रिप्टोक्र्यास’ सीईओ डो क्वोन पक्राउ

काठमाडौं ।

टेरायुएसडी र लुना टोकनको ४० बिलियन अमेरिकी डलर पतन पछाडि फरार क्रिप्टोकरेन्सी सीईओ डो क्वोनलाई मोन्टेनेग्रोमा पक्राउ गरिएको दक्षिण कोरियाको प्रहरीले जनाएको छ।

त्यसपछि उनीमाथि अमेरिकाका अभियोजकहरूले ठगीको आरोप लगाएका थिए।

यस वर्षको शुरुमा अमेरिकी नियामकहरूले क्वोन र उनको कम्पनी टेराफर्म ल्याब्सलाई ‘मल्टी बिलियन डलरको क्रिप्टो सम्पत्ति सेक्यूरिटी ठगी’ गरेको आरोप लगाएको थियो।

टेराफर्म ल्याब्सले पूँजी बजार नियमहरू उल्लघन गरेको विश्वासमा दक्षिण कोरियाका अधिकारीहरूले गत सेप्टेम्बरमा क्वोनको लागि पक्राउ वारेन्ट जारी गरेको थियो।

कोरियाली अधिकारीहरुले उनी सर्बियामा छन् भन्ने सोचेका थिए, र दुई राष्ट्रबीच सुपुर्दगी सन्धि नभएकाले वार्ताका लागि बेलग्रेडमा अधिकारीहरू पनि पठाइएको थियो।

क्वोनले यसअघि आफू लुकेर बसेको अस्वीकार गर्दै आएका थिए तर पनि आफ्नो स्थान भने कहिल्यै खुलाएका थिएनन्।

उनको गिरफ्तारीको समाचार पहिलो पटक मोन्टेनेग्रोका आन्तरिक मन्त्री फिलिप एड्जिकले सेयर गरेका थिए, जसले ट्विटरमा भनेका थिए कि ‘विश्वको सबैभन्दा वान्टेड भगोडामध्ये एक’ पोडगोरिकाको एयरपोर्टमा हिरासतमा छन्।

एड्जिकले थपे कि संदिग्ध कथित रूपमा नक्कली कागजातहरूको साथ झूटो नाममा यात्रा गरिरहेको थिए। अधिकारीहरूले व्यक्तिको पहिचानको आधिकारिक पुष्टिको लागि पर्खिरहेका छन्, उनले भनेको बीबीसीले उल्लेख गरेको छ।

उनको औंठाछाप आधिकारिक रेकर्डसँग मेल खाएपछि मोन्टेनेग्रोमा भेटिएका संदिग्ध क्वोन भएको  शुक्रबार दक्षिण कोरिया प्रहरीले पुष्टि गरेको छ।

अधिकारीहरूले क्वोनलाई दक्षिण कोरिया फर्काउने काम गरिरहेका छन्।

प्रकाशित: १० चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार