एनआईसी एशिया बैंकको कार्ड सम्बन्धी सम्पूर्ण कारोबारहरु अवरुद्ध हुने

  • Technology Khabar | १० चैत्र २०७९, शुक्रबार
एनआईसी एशिया बैंकको कार्ड सम्बन्धी सम्पूर्ण कारोबारहरु अवरुद्ध हुने

काठमाडौं ।

एनआईसी एशिया बैंकले आफ्ना सबै कार्ड सेवाहरु अवरुद्ध हुने जानकारी दिएको छ।

बैंकको कार्ड सेवा (डेबिट/क्रेडिट/प्रिपेड) को स्वीच अपग्रेडेसन/माइग्रेसन गर्नुपर्ने भएकोले चैत १० गते शुक्रबार राती १२:०० बजेदेखि चैत १२ गते आइतबार राती १२:०० बजेसम्म सेवा बन्द हुने बताएको छ। उक्त अवधिमा (डेबिट/क्रेडिट/प्रिपेड) कार्डबाट हुने सम्पूर्ण कारोबारहरु तथा एटीएम/पोस मेसिनबाट हुने कारोबार अवरुद्ध रहने छ।

‘कार्ड सम्बन्धी सेवा अवरुद्ध हुने समयमा मोबाइल बैंकिङ्ग तथा अन्य माध्यमबाट प्रवाह हुने सेवाहरु यथावत सञ्चालन हुने जानकारी गराउँदछौं,’ सूचनामा भनिएको छ।

सेवा अवरुद्ध भएको समयमा आइपर्न सक्ने अत्यावश्यक कारोबारको लागि बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

प्रकाशित: १० चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार